site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
शिखरले बोलायो दुई आर्थिक वर्षको साधारणसभा, बोनसपछि ३० प्रतिशत हकप्रद
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिखर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारित गर्न र पुनः हकप्रद सेयर हजारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले आउँदो चैत ९ गते केन्द्रीय कार्यालय थापाथलीमा १५औँ र १६औँ वार्षिक साधारणसभा बोलाएको हो ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को साधारणसभा एकसाथ गर्न लागेको कम्पनीले चालु आर्थिक वर्षमा नै बँँडफाँड गरेको हकप्रदपछि कायम चुक्ता पुँजीको २७.७६९ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले असार मसान्तमा कायम चुक्ता पुँजीको ३६.१ प्रतिशत बोनस सेयर  र बोसन सेयरमा लाग्ने कर प्रयोजनाको लागि १.९ प्रतिशत गरी कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले साधारणसभामा प्रस्तावित बोनस सेयर पारित भएपछि कायम चुक्ता पुँजीको ३० प्रतिशत पुनः हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत लैजाने भएको छ । यस्तै, हाल संस्थापक र सर्वसाधारण सेयर अनुपात ६०ः४० प्रतिशतबाट ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आगामी साधारणसभाबाट सर्वसाधारणको तर्फबाट दुईजना सञ्चालक पनि निवार्चित गर्नेछ ।

साधारणसभाको लागि कम्पनीले फागुन २६ देखि चैत ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसअनुसार फागुन २५ गतेसम्म कायम सेयरधनीहरुले सो कम्पनीको लाभांश पाउनेछन् भने सभामा सहभागिता जनाउन सक्नेछन् ।

Global Ime bank

गत असार मसान्तसम्ममा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ थियो । सो चुक्ता पुँजीको १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अब ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात् इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार ९२७ रुपैयाँ पुग्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC