site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
निष्ठावान् र निस्वार्थ प्रजातान्त्रिक योद्धा रानाभाट 
Sarbottam CementSarbottam Cement

चितवन । नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रही उल्लेख्य योगदान दिएका नेपाली कांग्रेसका नेता एकनाथ रानाभाट ६६ वर्षको उमेरमा यस धर्तीबाट बिदा भए । गएको माघ २४ गते शौचालयमा लडेर मस्तिष्क पक्षघात भइ अस्पतालमा उपचारका क्रममा फागुन १० गते उनको निधन भयो ।

उनका लामो राजनीतिक सहयात्री मर्माहत छन् । ‘‘जीवनसाथीजस्तै थिए, के गर्नु सँगै जान सकिँदो रहेनछ । म बरु ८० पुगेको मान्छे मर्न पाएको भए हुन्थ्यो,’’ उनका सहपाठी भानु सुवेदी भन्छन् । उनले प्रजातन्त्र र जनताका लागि के कति गरे अहिलेका पुस्तालाई त के थाहा, तर उनीसँगै राजनीति गरेका सहपाठीलाई भने उनको निधनले बेलाबेलामा घोचिरहन्छ । गला अवरुद्ध पारिरहन्छ ।

वि.सं. २०१० सालमा स्याङ्जामा जन्मिएका रानाभाट सानै उमेरमा बाबुसहित चितवन झरेका थिए । पढाइमा अब्बल र अन्याय–अत्याचार नसहने उनी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । तत्कालीन राजा र दरबारियाको समयमा स्वतन्त्र रूपमा बोल्नसमेत पाइँदैन्थ्यो । तर, उनी बोल्न छाडेनन् । देश र जनताको लागि आवाज बुलन्द पारिरहे ।  विद्यार्थीकालदेखि नै उनी समय–समयमा पक्राउ परे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई ०२८ पुस १ गते गिरफ्तार गरियो । सहपाठीहरुलाई सम्झना ताजै छ । ‘‘उहाँ  गिरफ्तार पर्नुभयो । तर, केही दिनमै उहाँ छुटेपछि भूमिगत हुनुभयो । वनारस जानुभयो,’’ सहपाठी सुवेदी सम्झिन्छन् । वनारसमा बीपी कोइरालाले कांग्रेसको सम्पर्क कार्यालय स्थापित गरेका थिए । तर, रानाभाट  नेपाल आउनेक्रम रोकिँदैनथ्यो । बीपीको सन्देश बोकेर रानाभाट आहोरदोहोर गरिरहन्थे, कसैले सुइँको नपाउने गरी । ‘‘उहांँ कहिले जोगीको वेशमा पहेँलो कपडा, लामा दारी र रुद्राक्ष लगाएर चितवनलगायत पूर्व–पश्चिमका जिल्लाहरुमा संगठन विस्तारमा सक्रिय हुनुहुन्थ्यो,’’ सुवेदीले विगत सुनाए ।

त्यति बेलाको तानशाही राजतन्त्रले उनको खोजी त गरिरहन्थ्यो । तर, भेट्टाउन सक्दैनथ्यो । तर, अफसोच ! ०३१ सालमा हेटौँडामा भएको बमकाण्डमा उनीसहित पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीलाई मुद्दा लाग्यो  । ‘‘उहाँ भाग्न सफल हुनुभयो, शेषनाथ अधिकारी भने ६ वर्ष जेल पर्नुभयो,’’ सुवेदी भन्छन्, ‘‘उहाँ बीपीको एकदमै विश्वासपात्र, निष्ठावान्, सबैको लागि आदर्श र प्रेरणाको पात्र हुनुहुन्थ्यो ।’’

Global Ime bank

यसको केही समयपछि पुनः उनी भूमिगत भएर बीपी भएको ठाउँमा पुगे  । उनका अर्का सहपाठी तत्कालीन संविधानसभा सदस्य रामकृष्ण घिमिरे सम्झिन्छन्, ‘‘जब बीपीले उहाँलाई तानाशाही राजतन्त्रको लागि एउटा चिठी पठाउनुभएको थियो । त्यसभित्र राष्ट्रका नाममा रेकर्ड गरिएको अडियो र सम्बोधन गरिएको अपिल थियो । त्यो ऐतिहासिक सन्देश थियो । हामी दुवैजनासँगै गएर किशुनजीलाई दिएका थियौँ ।’’ त्यति बेला चितवनका घिमिरे काठमाडौंमा बसेर अध्ययनसँगै प्रजातन्त्रका लागि सुषुप्त रूपमा भूमिगत आन्दोलनमा सक्रिय थिए । तर, रानाभाट यतिमा मात्रै रोकिएनन् । ‘‘तत्कालीन समयमा तानशाहले उहाँको सर्वस्वहरण ग¥यो । तर, प्रजातन्त्रका लागि कहिलै हार्नु भएन । निरन्तर लडिरहुनुभयो । उहाँ हक्की, निडर, अडिगका साथै ठट्टा गर्ने बानी थियो । कहिल्यै नरिसाउने, कहिल्यै नबिझाउने हुनुहुन्थ्यो । उहाँजस्तो निष्ठावान् र निस्वार्थ नेता विरलै पाउन सकिन्छ,’’ घिमिरे भन्छन् ।

रानाभाट प्रजातन्त्रका लागि निरन्तर लागिरहे । ‘‘तानशाहको विरुद्धमा र जनतालाई सुसूचित गर्न वनारसबाट तरुण पत्रिका पनि सँगै लिएर आउनुहुन्थ्यो । यताको खबर उता लैजानुहुन्थ्यो । उताको सन्देश नेपाल ल्याउनुहुन्थ्यो,’’ घिमिरेले सम्झे । ‘‘राज्यको अत्यधिक खोजीमा रहने रानाभाट प्रहरी र सेनाको चंगुलबाट विरलै पक्रिनुहुन्थ्यो । उहाँलाई भेट्दैनथ्यो, उहाँको साथीलाई पक्रिन्थ्यो । निकै चतुर अनि विवेशीकल हुनुहुन्थ्यो,’’ घिमिरे बखान गर्छन् ।

‘‘समयअनुकूलसँगै उहाँ थप सशक्त र प्रभावकारी ढंगले लाग्नुभयो । तर, दुर्भाग्य ! ०४७ सालमा शक्तिखोरमा भाषण गरेर फर्कँदा भने सुरक्षाकर्मीले पिटेर उहाँको आँखा नै निकालिदियो, रगताम्मे बन्नुभयो,’’ निकट मित्र सुवेदीले सुनाए । देश र जनताका लागि उनको अभियान निरन्तर अघि बढिरह्यो ।

त्यसपछि देशभर कांग्रेसको संगठन विस्तार, कार्यसमिति गठनतिर उनी अगाडि बढे । त्यति बेला पार्टीका विभिन्न भूमिगत संगठनहरु बने पनि खुला रूपमा भने संगठन विस्तार गर्न पाइँदैनथ्यो । उनले ०४४ देखि नै जिल्ला कार्यसमितिमा रहेर सक्रिय रूपमा काम गर्दै आएका थिए । ‘‘०२९ सालतिर उहाँसँग आन्दोलनकै क्रममा भेट भयो,’’ पार्टीका अर्का नेता  कृष्णलाल सापकोटा सम्झिन्छनु, ‘‘उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो, एकदम साधारण, सादगी, निष्ठावान्, पार्टी र प्रजातन्त्रको लागि एक होनाहार योद्धा गुमाएका छौँ ।’’

०४४ सालतिर सापकोटा कांग्रेस चितवनको सभापति र रानाभाट सचिव भएर काम गरेका थिए । उनी चितवनका छिमेकी जिल्लामा बढी सक्रिय रहने र तत्कालीन सरकारविरुद्ध जनतालाई उत्साहित गर्ने गर्थे । सबैको वाहवाही पाएका उनले ०५६ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट भारी मतले जित हासिल गरे । सांसद बने । त्यति बेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दै थियो । ‘‘यो बेलामा उहाँको घरमा माओवादीले आगो लगाए । पार्टीका महत्वपूर्ण कागज, निर्णय, माइन्युट ध्वस्त भए,’’ सापकोटा सम्झिन्छन् । माओवादी र सरकारबीच बाह्रबुँदे सम्झौतापछि माओवादी राष्ट्रिय राजनीतिको मूलधारमा आयो । उनी ०६४ को संविधानसभा निर्वाचनमा पुनः चितवन क्षेत्र नम्बर–२ बाट नै उठे । तर, त्यति बेला उनले हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग हार व्यहोर्नुप¥यो ।

‘‘उहाँले यो हार व्यहोरेपछि भौतिक रूपमा कांग्रेसको राजनीतिमा सक्रिय हुनु भएन । एकातिर आँखा नदेख्ने, अरुको सहारा चाहिने, अन्य स्वास्थ्य अवस्था पनि कमजोर हुँदै गएको थियो,’’ सापकोटाले सुनाए । उनको अवसानले चितवन कांग्रेसले मात्र नभई सिंगो कांग्रेस, शुभेच्छुकले एक योद्धा, कर्मठ, निष्ठावान् नेता गुमाएको विश्लेषण गर्छन्, सापकोटा ।

‘‘२०४७ सालमा जब म ११ वर्षको उमेरमा पहिलोपटक उहाँको भाषण सुन्न शक्तिखोर पुगेको थिएँ, भाषण सकिनेबित्तिकै त्यति बेलाको पञ्चायत सरकारले उहाँलाई  गिरफ्तार गरेर रगताम्मे र आँखासमेत निकालिदिएको भन्ने सुनेँ । अहिलेसम्म पनि त्यो घटना मेरो दिमागमा घुमिरहन्छ,’’ चितवन कांग्रेसका वर्तमान सभापति जीतनारायण श्रेष्ठ भन्छन्, ‘‘आज उहाँको प्रेरणा, ऊर्जाले हामीलाई थप हौसला र आत्मविश्वास बढेको छ ।’’

रानाभाट अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि फोनमा भएको अन्तिम संवादबारे स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘‘माघ २५ गते एउटा शैक्षिक संस्थाको कार्यक्रममा जानुपर्छ दाइ भनेको थिएँ । दाइले हुन्छ भन्नुभएको थियो । २४ गते नेपाली कांग्रेसको शुभेच्छुकको विरोधसभा भयो । २४ गते नै अचेत भएर अस्पताल भर्ना हुनुभयो । आखिर उहाँको इच्छा र मेरो भेट्ने इच्छा उहाँको भौतिक शरीरसँगै उड्यो,’’ श्रेष्ठले भने । एकनाथ रानाभाटको निधनले नेपाली कांग्रेसलाई मात्र नभई राष्ट्रलाई पनि अपूरणीय क्षति पुगेको श्रेष्ठको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC