site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मनमोहनमाथिको अविश्वासको प्रस्ताव सम्झँदै ईश्वर पोखरेलले भने- यस्ताले पनि राजीनामा माग्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि नैतिकताको प्रश्न ठिंग उभिइरहँदा ईश्वर पोखरेलले २०५२ भदौ १२ गतेको परिघटना सम्झिएका छन् । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले संसद् भंग गर्दा अदालतले पुनःस्थापना गरिदिएको थियो ।

त्यतिबेला एमालेले अदालतको निर्णयविरुद्ध सडक आन्दोलनको नेतृत्व गरेको थियो । र, प्रधानमन्त्री अधिकारी अस्वस्थ भएकाले सदनमा माधवकुमार नेपालले सरकारका तर्फबाट जवाफ दिएका थिए । यही परिघटना सम्झँदै पोखरेलले फेसबुकमा लेखेका छन्, “ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । 

“यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले  राजीनामा गर्न दबाब दिइरहेका छन् ! यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? संसद्‌को सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ?” उनले थप प्रश्न गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC