site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीसँग सयभन्दा बढी सांसद छन् : प्रमुख सचेतक भट्टराई
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । संसद्‌मा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरू रहेको जिकिर गरे । उनले भने, "प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु- उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन् ।"

उनले जनताले नेकपालाई झन्डै दुईतिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरूको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएको सुनाए । उनले भने, "प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने खेल सुरु भयो, यसको आभाष पाउनेबित्तिकै उहाँसँग दुईवटा विकल्प थिए, एउटा आत्मसमर्पण गर्ने, अर्को संसद् विघटन गर्ने, योबाहेक उहाँसँग अर्को विकल्प थिएन । उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो ।"

Agni Group

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ । सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उनले सुनाए । उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको जनाए । 

संसद्‌ले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरूले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईले जनाए । उनले आफूहरूले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए । तर, चितवनको सभास्थल छाडेर काठमाडौं आएका दाहाल-नेपाल हस्याङफस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै उनले आलोचना गरे । उनले प्रचण्ड र माधव नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको सुनाए । तर, त्यसका लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेस गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने सर्त राखेका छन् । उक्त आरोपपत्र फिर्ता, संसद्‌को पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनले धारणा राखे ।

Global Ime bank

संसद्‌को अधिवशेन (फागुन २३) गतेअघि नै आफूहरूको संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए । उक्त बैठकमा सहभागी हुन दाहाल-नेपाललाई पनि उनले आग्रह गरे । तत्काल नआए पनि केही नगर्ने उनले जनाए ।

प्रधानमन्त्री ओलीविरुद्ध संसद्‌मा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदहरूले पार्टीको ह्‌विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे । उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे । तर, अहिले नेकपा नफुटेकाले आफूहरूसँग नै एकल बहुमत रहेको भट्टराईको जिकिर छ । उनले भने, "अहिले कसैसँग हाम्रो पार्टीले प्रणाम गर्न जरुरी छैन ।"

निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरूलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए । उनले भने, "केही साथीहरू बाहिर जानुभएको छ, उहाँहरू पनि आउनुहुन्छ ।" एमसीसीको सवालमा प्रधानमन्त्री ओली पक्षमा नै रहेको उनले सुनाए । तर, प्रचण्डले बाहिर विरोध गरेकोजस्तो गर्ने तर एमसीसीको विरोधमा नारा लाग्दा आफैंले रोकेको पनि उनले सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC