site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले आफूलाई महाराजधिराज ठाने : प्रचण्ड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेकपा प्रचण्ड-माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् । कम्युनिस्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताए । उनले भने, "पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जोविपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरुको प्रलोभनमा फस्छन् र उनीहरुका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन् । आफू जहाँबाट जन्मिएको हो त्यो धर्ती उनीहरुले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् । अहिले तपाईंहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन् ।"

Prabhu Bank
Agni Group
NIC Asia

आफूलाई महाराजधिराज ठान्न थालेदेखि पार्टीको बैठकमा बस्न नपर्ने, आफ्नो आलोचना पनि नसुन्ने र आफूले भनेको कुरालाई ब्रह्‍मव्याख्याका रुपमा अरु सबैले मानिदिनुपर्ने प्रवृत्ति केपी ओलीमा देखिएको पनि अध्यक्ष प्रचण्डले बताए । उनले भने, "बैठकमा बस्न पनि नपर्ने, आलोचना सुन्न नि नसक्ने, आफूले भनेपछि त्यो ब्रह्‌मव्याख्याजस्तो सबैले मानिदिनु नै पर्ने नमान्ने मान्छेअगाडि देख्नै नहुने यो महाराजधिराजहरु कै चरित्र हो नि त । आलोचना सहन पनि नसक्ने सुन्न पनि नसक्ने बैठक बहस भन्ने पटक्कै मन नपराउने आफू नेतृत्वमा पुग्नका लागि जस्तोसुकै कुराको पनि सम्झौता गरिदिने कार्यान्वयन एउटा पनि नगर्ने ।"

आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताए । पार्टी एकता हुँदा भएका कुनै पनि सहमति प्रधानमन्त्री ओलीले नमानेको र आफूलाई महाराजधिराजजस्तो ठान्ने गरेको बताए । उनले भने, "निर्णय भइसकेपछि लागु नगर्ने, आलोपालो अध्यक्षता पनि लागु नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागु नगर्ने र राजनीतिक प्रतिवेदनको कुनै पनि आफैंले हस्ताक्षर गरेको कुरा लागु नगर्ने, अन्तरिक विधानको कुनै पनि प्रावधान लागु नगर्ने, आई एम द स्टेट भन्याजस्तो गरी श्री ३ महाराजधिराज, अस्ति बहसमा सुनिनै हाल्नुभयो श्री ३ महाराज र श्री ५ महाराजधिराजजस्तै प्रधानमन्त्रीलाई पनि अधिकार छ भनेर बोल्ने पञ्चायतका वरिपरिका मान्छे त तपाईंहरुले देखिसक्नुभयो । सच्चाई यही नै हो ।"

Global Ime bank

कम्युनिस्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताए । सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर केपी ओली लागेको पनि अध्यक्ष प्रचण्डले आरोप लगाए । उनले भने, "अहिले छोटो समयमा कम्युनिस्ट पार्टीकै नेतृत्वबाट आफैंले बनाएको संविधान र त्यसको मर्ममाथि निर्मम खालको प्रहार भएको देखियो र यो सम्पूर्ण लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने दिशातिर र कम्युनिस्ट आन्दोलनले हासिल गरेका उचाइहरु, यसले प्राप्त गरेका गौरवलाई नै कालो पोत्ने किसिमले त्यसका धब्बा लगाउने किसिमले कम्युनिस्ट पार्टीकै नेतृत्वबाट आएको यो पनि अर्को आश्चर्य हो । यो सुखद होइन दुःखद आश्चर्य हो । यो पनि हामीले अहिले भर्खरै देख्यौं ।"
 
प्रचण्डलाई उपयोग गरी माधवकुमार नेपाललाई निचोर्ने र प्रचण्डलाई पनि खिचिक्कै पार्छु भन्ने रणनीतिमा केपी ओली लागेको पनि बताए । यो कुरा आफूले पार्टी एकता गरेको एक महिनामै बुझिसकेको पनि अध्यक्ष प्रचण्डले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC