site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं सफा राख्न काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं सहरको सरसफाइ र स्वच्छता कायम गर्न काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम (प्रफेसनल लर्निङ कोर्स पिएलसि) उपलब्ध गराउनेछ । तालीम यही फागुन २१ गतेबाट शुरु हुनेछ । कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

तालीम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालीम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ । 

महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालीममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् । 

Global Ime bank

शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङ डीन डा डम्बरबहादुर नेपालीले तालीम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । शैक्षिक प्रतिष्ठानको ज्ञान र सीपको प्रयोग गरेर महानगरका कामलाई विशिष्टीकृत गर्ने क्रममा विश्वविद्यालयसँग सम्झौता भएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। 

“काठमाडौं महानगरसँगको सम्झौता विश्वविद्यालयका लागि महत्वपूर्ण कामको थालनी हो”, स्कूल अफ इञ्जिनीयरिङ डीन डा नेपालीले भने । पछिल्लो समय शहरको फोहर व्यवस्थापन गर्न थप समस्या हुन थालेको भन्दै कामपाले यस किसिमको प्रक्रिया अघि बढाएको हो ।  रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC