site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट वरिष्ठ पत्रकार दाहाल सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ पत्रकार होमनाथ दाहाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार दाहाललाई शीतलनिवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्मान गरेका हुन् । यस्तै डा. रामदयाल राकेश पनि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । सम्मानित हुने वरिष्ठ पत्रकार दाहालले २०२१ सालबाट पत्रकारिता सुरु गरेका थिए । दाहालले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतासहित लोकतन्त्र बहालीका आन्दोलनमा पटक-पटक जेल यातनासमेत भोगेका थिए । सम्मानित दाहाल नेपाल पत्रकार महासंघको सभापति, गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धकसमेत भइसकेका छन् । २०५६ मा ओखलढुंगाबाट प्रतिनिधिसभाको सांसदमा समेत उनी विजयी भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै सम्मानित अर्का व्यक्ति डा. रामदयाल राकेश नेपालको लोकसंस्कृतिको विषयमा पोस्ट डक्टरल रिसर्च उपाधि पाउने पहिलो व्यक्ति हुन् । नेपाली लोक संस्कृति, मिथिला संस्कृति र हिन्दी साहित्यमा डा. राकेशका दर्जनौं कृति प्रकाशित छन् ।

प्रतिष्ठानले प्रेमसागरी देवी निधि पुरस्कार २०७६ बाट काशीदेवी झा र गिरिराजकुमारी (ज्ञानु) प्रसाईंलाई सम्मान गरेको छ । सम्मानित हुने काशीदेवी झा सहिद दुर्गानन्द झाकी धर्मपत्नी हुन् । दिवंगत दुर्गानन्द झाले २०१८ माघ ९ गते जनकपुर भ्रमणमा गएका राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए । त्यस्तै सम्मानित हुने गिरिराजकुमारी (ज्ञानु) प्रसाईं समाजवादी नेता चिन्तक सिके प्रसाईंकी धर्मपत्नी हुन् । 

Global Ime bank

सीके प्रसाईं चिन्तन प्रतिष्ठान स्थापना गरी ज्ञानु प्रसाईं नेपालमा लोकतान्त्रिक समाजवादको विचार आन्दोलनमा क्रियाशील रहँदै आएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC