site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर : डाक्टर भन्छन्- आशावादी छौं (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल भएको छ । मध्यराति १२ बजे बायाँ हात चल्न छोडेपछि 'मलाई अस्पताल लैजाऊ' भन्दै श्रीमतीलाई भनेपछि १ बजे वीर अस्पताल पुर्‍याइएका जोशी ३ बजेसम्म आफ्नो स्वास्थ्य अवस्थाको चासो राखिरहेका थिए । उपचारकै क्रममा जोशी बेहोस भएपछि त्यहाँ सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्तश्राव देखिएको थियो । डाक्टरकै सल्लाहमा जोशीलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा साढे ३ बजे विशेषज्ञ डा. राजीव झा नेतृत्वको टोलीले उपचार गर्दासम्म जोशी कोमामा गएका थिए ।

“उहाँलाई भोमिट भएछ र फोक्सोतिर गएछ, (इमर्जेन्सी इन्डुबेसन भन्छ) पाइप राखेर सास फेर्न सहज बनाइयो । एउटा आँखाको नानी पनि फूलेको अवस्था देखियो, ब्लडको क्लटले अवरुद्ध गरेर मस्तिष्कमा पानी जम्न थालिसकेको थियो,” डा. झाले भने, “त्यो जटिल अवस्था देखिएपछि अप्रेसनको तयारी गर्‍यौं तर, उहाँले रगत पातलो गर्ने औषधि खाइरहनुभएको रहेछ । अप्रेसन सम्भव हुने कुरा भएन ।” झाले अप्रेसन सम्भव नभएकै कारण जोशीको टाउकोमा ड्रिल गरेर पानी बाहिर पठाएको र त्यो पानी अहिलेसम्म गइसकेको जानकारी दिए । आँखाको नानी फूल्नु जटिल अवस्था भएको उनले जानकारी दिए ।

Agni Group

जोशीलाई अहिले ब्लड प्रेसर बढाउने औषधि (एनोट्रप्स दिइएको छ । चलमल गर्दा फेरि रक्तश्राव हुने भएकाले भेन्टिलेटरमा चलमल गर्न नमिल्ने (सिडेड) गरेर राखिएको छ । दिमाग रहेको पानी बढी हुन नदिन ओभरफ्लो बनाइएको छ र करिब १२० मिलिलिटर पानी त्यहाँबाट निस्किसकेकाले मस्तिष्कको प्रेसर घटेको डाक्टरको भनाइ छ । अहिले उनको शरीरलाई काम गर्न सहयोगका लागि ‘ट्युब फिडिङ’ गरिएको छ । जोशीको उपचारको नेतृत्व गरिरहेका डा. राजीव झाका अनुसार फरक-फरक विधाका १२ डाक्टरले नियमित निगरानी गरिरहेका छन् भने नियमित अवस्था अपडेटका लागि थप चिकित्सक पनि परिचालित छन् ।

डा. झाले जोशीको जस्तो अवस्थामा विश्वभरका अभ्यास हेर्दा करिब ३० प्रतिशत मात्र आशा हुने गरेको भन्दै आफूहरू पनि त्यही आशाका साथ उपचारमा लागिरहेको बताए । उनले थप अवस्था नबिग्रिएकाले आशावादी भएको भन्दै ७२ घण्टा थप नबिग्रिएमा अवस्थामा सुधार आउनसक्ने बताए । 

Global Ime bank

“अवस्था थप नबिग्रियोस् भनेर डाक्टरहरूले जोशीलाई ट्युब फिडिङ, ब्लड प्रेसर बढाउने अनोट्रप्स, दिमाग नसुन्नियोस् भनेर औषधि चलाइएको छ भने निमोनियाँ नदेखियोस् भनेर पनि औषधि चाहिएको छ,” डा. झाले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC