site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदहरूलाई ओलीले भने– म अहिले पदबाट भाग्न मिल्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिएर सहज निकास नदिने अडान दोहोर्‍याएका छन् ।

शुक्रबार चरणचरणमा सांसदहरूसँग छलफल गरेका प्रधानमन्त्री ओलीले जिम्मेवारीबाट नपन्छिने आइपर्ने सबै परिस्थितिको सामना गर्ने बताएका हुन् ।

“सरकार प्रमुख भएकाले आफ्नो कर्तव्यबाट विचलित हुन्न ।  दायित्व निर्वाह गर्छु,” बालुवाटार भेलामा सहभागी सांसद महेश बस्नेतले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “जुन ढङ्गले अहिले गठबन्धन बनाएर मेराविरुद्ध रोइलो गर्दै हिँडेका छन् । म राष्ट्रियता, विकास र समृद्धिको पक्षमा लागिरहनेछु ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले अहिले पद छाडेर हिँड्ने सुविधा नरहेको पनि प्रष्ट पारेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले आजै याक एण्ड यती होटलमा गण्डकी प्रदेशका सांसदहरूसँग भेटघाट गरेका थिए । बालुवाटारमा प्रदेश नम्बर एक र अन्य प्रदेशका पनि सांसदसँग छलफल गरेको बस्नेतले बताए ।

Global Ime bank

शनिबार बिहान ९ बजे बालुवाटारमै वामगती प्रदेशका सांसदहरूसँग छलफल तय भएको उनको भनाइ थियो ।

आजै प्रधानमन्त्री ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरूङलाई हटाएर विशाख भट्टराई मनोनीत गरिसकेका छन् । अब छिट्टै बैठक बोलाउने तयारी भइरहेको उनले बताए ।

“उहाँहरूले हाम्रोतिर धेरै आउँछन् भनेर गरिरहनुभएको छ । आज बालुवाटारमा पार्टी विभाजन गर्नुहुँदैन भन्ने सांसदहरूको उपस्थिति रहेको, केही थपिएको र अरू धेरै आउने क्रममा हुनुहुन्छ,” उनले भने ।

बालुवाटारमा माया ज्ञवालीसहितका नेताहरू उपस्थित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC