site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कसैले धारे हात लगाउँदैमा केपी ओलीले राजीनामा दिँदैनन्, हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ’
तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।

अनेरास्ववियूले आरआर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने बताए ।

Agni Group

“केपी ओली कसैले धारे हात लगाउँदैमा राजीनामा दिनुहुन्नँ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हिम्मत भए अविश्वासको प्रस्ताव ल्याऊ ।”

उनले केपी ओलीले बीचमै नछाड्ने बताए । केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने दोहोर्‍याए । उनले कटु शब्दमा निन्दा गर्दै ‘सडकमा भुस्याहा कुकुरलेझैँ’ नारा लगाउँदै राजीनामा नदिने अडान लिए ।

Global Ime bank

उनले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने बताए । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC