अर्थ व्यवसाय
काठमाडौं । विश्व बैंकले नेपाललाई वन फँडानीबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने भएको छ ।
विश्व बैंकले नेपालसँग वन कार्बन साझेदारी सुविधाअन्तर्गत ल्यान्डमार्क सम्झौता गरेको हो । जसवापत् विश्व बैंकले नेपाललाई ४५ मिलियन अमेरिकी डलर (५ अर्ब २२ करोड रुपैयाँ) सहयता प्रदान गर्ने भएको हो ।
सहयता रकम सन् २०२५ सम्म खर्च गर्नुपर्नेछ । यस उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौताअनुसार नेपालले तराईबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन कम हुने अपेक्षा गरिएको छ । कार्यक्रमले तराईको २४ लाख हेक्टर जमिनमा वन फँडानी दर घटाउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ १४:३५
प्रतिक्रिया दिनुहोस्