राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको हो । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गरेको थियो । १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत सर्वोच्चले भनेको थियो ।
ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ १२:४७
प्रतिक्रिया दिनुहोस्