site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तारकेश्वरमा फेरि देखियो बर्डफ्लु, यस्तो छ रोग नियन्त्रण महाशाखाको सुझाव 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका फार्ममा पालिएका कुखुरामा फेरि बर्डफ्लु देखिएको छ । यो क्षेत्रका व्यावसायिक फार्मका कुखुरामा बर्डफ्लु देखिएपछि तारकेश्वर नगरपालिका–१, साङ्लाफाँटमा बिहीबार १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको थियो ।

यसअघि, गएको माघ १८ गते तारकेश्वर नगरपालिकाका साङ्लेखोला, फुटुङ क्षेत्रका व्यावसायिक फार्ममा पालिएका हाँस र टर्कीमा बर्डफ्लुको एच वान एन एट जाति भएको पुष्टि भएको थियो । अहिले देखिएको प्रजातिबारे अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाले यी क्षेत्रमा कुनै पनि पक्षीको शंकास्पद मृत्यु भएमा, पक्षीको सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो, रुघाखोकीको लक्षण देखिएमा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन तथा लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढा रहन सुझाएको छ ।

बर्डफ्लुको संक्रमणबाट जोगिन आफूले पालेका पक्षीको हेरचाह गर्दा सुरक्षाकवच अपनाउन र पक्षीको मासु तथा अन्डा राम्रोसँग पकाएर खान महाशाखाले अनुरोध गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC