site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
४० मिटर अग्लो डाँडा काट्न अनुमति कुर्दै पोखरा विमानस्थल आयोजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य धमाधम भइरहेको छ । सन् २०२१ को जुन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको आयोजनाले जनाएको छ ।

हालसम्म ठेकेदार कम्पनीले आयोजनाको म्याद थप्नुपर्ने माग नगरेकाले तोकिएकै समयमा आयोजना सम्पन्न हुने अनुमान रहेको आयोजनाले जनाएको छ । विमानस्थलको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डाँडा काट्न अनुमतिको पर्खाइ

विमानस्थलको धावनमार्गको ‘अप्रोच’मा पर्ने ४० मिटर एउटा डाँडा काट्नुपर्ने छ । उक्त डाँडा काट्नको लागि वन मन्त्रालयको अनुमति कुरिरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुन्नाकर्मीले बताए । आयोजनाले डाँडा काट्ने अनुमतिका लागि वन मन्त्रालयलाई पत्राचार गरिसकेको छ । आयोजना प्रमुख मुन्नाकर्मीका अनुसार धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको तल निजी भूभाग सम्याउने काम भने भइरहेको छ । उनका अनुसार विमान अवतरण एवं उडान गर्ने मार्गमा नै यो डाँडा परेकाले काट्न आवश्यक छ ।

Global Ime bank

“४० मिटर ‘अप्स्ट्रयाकल’ परेको हुनाले डाँडा काट्नुपरेको हो । धावनमार्गको ‘अप्रोच’मा परेको र त्यसले उडान तथा अवतरणमा अवरोध पु¥याउने भएकाले काट्न परेको हो” उनले भने । उनका अनुसार अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’बाट हुनेछ भने आन्तरिकतर्फ रनवेको दुवै तर्फबाट उडान तथा अवतरण हुनेछ । अन्तर्राष्ट्रिय उडान पश्चिमतर्फबाट गर्दा सराङकोट डाँडा रहेकाले अन्तर्राष्ट्रिय उडान पूर्वतर्फबाट मात्रै हुने उनले बताए । तर, आन्तरिक उडान भने पूर्व र पश्चिम दुवै तर्फबाट गर्न मिल्छ ।

विमानस्थलमा ११ वटा जहाज पार्किङ गर्न सकिन्छ । यसमध्ये तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर प्रकारका जहाज र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न सकिने आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ ‘सी’ प्रकारका विमान एक र ‘डी’ प्रकारका दुईवटा विमान पार्किङ गर्न सकिने उनले बताए । आन्तरिकतर्फ दैनिक ४८ उडान र अवतरण एवं अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान एवं अवतरण हुनेछ । पीक आवरमा आठवटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने उनले बताए ।

करिब ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको लागत करिब २२ अर्ब रुपैयाँ छ । यो विमानस्थलबाट वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सकिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC