site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिला लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । माघ ३० गतेबाट खुलेको महिला लघुवित्तको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुँदै छ । आज विहान नै आईपीओ बाँडफाँड हुन लागेको हो । 

आईपीओका लागि १५ लाख ८० हजार ७८१ जनाले २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको २ करोड ४६ लाख ६६ हजार १७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले माघ ३० गतेदेखि जारी पुँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्ट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड १७ लाख ८० हजार सञ्चित नाफामा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८२ पैसा रहेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ३५ लाख ४० हजार सञ्चित मुनाफा आर्जन गर्दै प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ १६ पुगेको छ ।

Global Ime bank

चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ४७ लाख ६६ हजार, आर्थिक वर्ष २०७८/०७९ मा २१ करोड १ लाख ३२ हजार र आर्थिक वर्ष २०७९/०८०  मा ३१ करोड ४९ लाख ५२ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण लघुवित्तले गरेको छ ।

लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC