बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा हिमपात र वर्षाको सम्भावना
बाह्रखरी - शुक्रबार, फागुन १४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भू–भागमा हस्सु  र कुहिरो लागेको  विभागले बताएको छ । 

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही  स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Agani Group

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

विभागले आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जनाएको छ । प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको  विभागको भनाइ छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्