site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेरियो थानकोट डिपोको मुहार
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोको मुहार फेरिएको छ । एकवर्ष अघिसम्म समस्यै समस्याले भरिएको डिपोको मुहार अहिले फेरिएको छ ।

वाग्मती प्रादेशिक कार्यालयमा इन्धनको लोड अनलोडको काम भइरहे पनि अव्यवस्थित देखिन्थ्यो ।

मुख्य सडकबाट डिपोमा छिर्ने बाटोभरी ट्यांकर अव्यवस्थित रूपमा पार्किङ गरिरहेका हुन्थे । डिपोमा जाने बाटो धुलाम्मे थियो । ट्यांकरको अव्यवस्थित पार्किङले त्यतिबेला स्थानीयवासी समेत डिपोलाई बोझको रुपमा लिन्थे ।

Agni Group

समस्या पार्किङको मात्रै थिएन, लोड अनलोडको पनि थियो । साँझ ६ बजेसम्म पनि ट्यांकर छुट्न नसक्ने अवस्था थियो, त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पर्थ्यो ।

अति प्रज्वलनशील पदार्थ भएकोले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले डिपोबाट ढिलोमा ३ बजेभित्रै ट्यांकर छुटाउनु पर्छ ताकि ५ बजेभित्रै पम्पमा तेल पुगोस् ।

Global Ime bank

समस्या डिपोको आन्तरिक सुरक्षाको पनि थियो । दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेल सप्लाई हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो । डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउने लगायतका काम गर्न दिनभर लाइन बस्नुपर्थ्यो । कार्यालयका कर्मचारीको कार्यकक्षसमेत व्यवस्थित थिएन । ट्यांकर चालक र कर्मचारीका लागि राम्रो ट्वाइलेट र बाथरुमको व्यवस्था पनि थिएन ।

अहिले यहाँ सबैभन्दा ठूलो समस्या मानिएको पार्किङ व्यवस्थित बनेको छ । निगमको स्वामित्वमा डिपोकै तल्लोपट्टि रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर ३ सय ट्यांकर अट्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित ट्वाइलेट बाथरुमको व्यवस्था गरिएको छ । यसले अव्यवस्थित पार्किङको समस्या हल भएको छ ।

तेलको आपूर्तिमा भइरहको ढिलाई अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर पुर्याइएको छ । पहिले २ वटा पेट्रोल र २ वटा डिजेल प्वाइन्ट रहेकोमा अहिले २ वटा पेट्रोल र ६ वटा डिजेल प्वाइन्ट छन् । ती प्वाइन्टबाट अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ । साढे २ देखि ३ बजेसम्म सकिन्छ । यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ । भूकम्पपछि क्षतिग्रस्त रहेको भर्टिकल ट्यांकीको मर्मत भइसकेको छ ।

सुरक्षा थ्रेटको सम्भावनालाई घटाउन यो अवधिमा सो डिपोलाई घेर्ने पक्की पर्खाल बनाइएको छ । पर्खाल ३७० मिटर लामो र ११ फिट अग्लो छ । सो पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ । डिपोको सुरक्षामा खटिने सेनाको आवासका लागि पनि निगमले छुट्टै क्वार्टर बनाइरहेको छ ।

गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरेको छ । डिपोको गेटनजिक रहेको सार्वजिनक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ ।

कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो तथा वाग्मती प्रादेशिक कार्यलय प्रमुख प्रदीप यादवले बताए । संरचना अभावकै कारण पहिले डिपोका अफिसरहरू एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था थियो, अहिले सबैका लागि सहज रुपमा काम गर्नेगरी संरचना बनाइएको छ । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर क्यु—मेसिन राखिएको उनले जानकरी दिए ।

यादव गत चैत ७ गतेदेखि थानकोट डिपो प्रमुख बनेका हुन् । त्यसअघि उनले मोतिहारी अम्लेखगञ्ज पेट्रोलिमयको नेपाल तर्फबाट नेतृत्व गरेका थिए ।

पाइपलाइन परियोजना पूरा भएपछि उनी वाग्मती प्रदेश कार्यालय प्रमुख बनेर आएका हुन् ।

थानकोट डिपो सुधारका लागि ७ करोड रुपैयाँ खर्च भएको बताइएको छ । पार्किङका लागि निगमले वि.सं. २०५९ सालमै ३९ रोपनी जग्गा किनेको थियो ।

२०५५ सालमा निर्माण भएको यो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । सो डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । ९ वटा भर्टिकल ट्यांकी र ५ वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता रहको हो । त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC