site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गैँडाको खाग तस्करी गरेकाे आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैँडा मारेर खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार हुँदै आएका रेउलेलाई काठमाडौँ धापासीबाट तथा तामाङ र रुम्बालाई सीतापाइलाबाट पक्राउ गरेको हो । उनीहरुले गैँडाको खाग ओसारपसार एवं खरीद बिक्री गर्न प्रयोग गरेको ना२च १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीका लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताए ।  

साथै सोही मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई ब्युरोबाट खटिएको प्रहरीले यसअघि नै काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ । 

Global Ime bank

यसैबीच दुई महिलालाई टर्की पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का जीवन भट्ट र काठमाडौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ की पूर्णिमा सिर्पाली रहेका छन् । भट्टलाई काठमाडौं सोल्टीमोडबाट र बस्नेतलाई काठमाडौं माइतीघरबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC