site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने भएको छ ।

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गरेको हो । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार सरकारमा सहभागी हुने–नहुने वा नेकपाको कुन समूहसँग गठबन्धन गर्ने भन्ने विषयमा छलफल नगरेको जानकारी दिए । 

Global Ime bank

“अहिलेसम्म कानुनीरुपमा नेपाल कम्युनिष्ट पार्टी एउटै छ र त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै छन्,” कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भने, “त्यसैले कुन नेकपासँग सहकार्य गर्ने, सरकारमा जाने कि नजाने जस्तो विषयमा हामी छलफलमै प्रवेश गरेका छैनौँ ।” 

उनले त्यस्तो सहकार्यका विषयमा छलफल गर्नु कांग्रेसका लागि हतारो हुने बताए । 

“उहाँहरु विभाजित भएर फरक–फरक पार्टी बनाउनुहुन्छ कि, फेरि ओलीजीकै निरन्तरता दिनुहुन्छ कि, विकल्प खोजेर कम्युनिष्ट पार्टीकै सरकार बनाउनुहुन्छ त्यो उहाँहरुले नै प्रष्ट पारिसकेको अवस्था छैन,” डा. महतले बाह्रखरीसँग भने, “जब उहाँहरु नै प्रष्ट भइसक्नुभएको छैन, कानुनी आधार तयार पारिसक्नुभएको छैन भने हामीले सहकार्य गर्ने कि नगर्ने भन्ने कुरामा छलफल गर्नुको के औचित्य हुन्छ ?” 

उनले उचित समय र आवश्यकता भए पनि कांग्रेसले परिपक्व निर्णय गर्ने बताए ।

प्रतिनिधि सभा विघटनपछि सर्वसम्मत निर्णय गरेको कांग्रेस आन्दोलनको मैदानमा भने विभाजित अवस्थामा मतका आधार बाँडिएको थियो । 

संविधानको रक्षाका पक्षमा उभिने कि चुनावका पक्षमा भन्दै रुमल्लिएको कांग्रेसको विवाद सर्वोच्चको फैसलापछि  विवाद मत्थर भएको छ । 
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC