site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायालय ‘पवित्रता’को नाममा खबरदारी गर्न नमिल्ने संस्था होइन : दमननाथ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ बुझाएका छन् ।

बिहीबार उनले बुझाएको लिखित जवाफमा आफूले अवहेलना हुने गरी नबोलेको र  बोलेको कुरा तोडमोड गरी अवहेलना मुद्दा दायर गरिएको भन्दै अवहेलना पुष्टि भए हदैसम्मको कारबाही भोग्न तयार रहेको बताएका छन् । ढुंगानाले प्रतिनिधिसभा विघटनपछि आयोजित एक कार्यक्रममा न्यायाधीशहरुलाई जनताले सडकमा तान्न सक्ने आशयको अभिव्यक्ति दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, उनले न्यायालय ‘पवित्रता’का नाममा खबरदारी र आलोचना गर्नै नमिल्ने संस्था नभएको पनि लिखित जवाफमा भनेका छन् । “न्यायालय पनि वस्तुतः समाजद्वारा समाजकै निमित्त राज्य र संविधानद्वारा निर्मित लोककल्याणकारी, परम जवाफदेही तथा सर्वोपरी जनमुखी न्याय प्रदाय राष्ट्रको उच्चतम तथा महान् संस्था हो । तसर्थ पनि जनताको संयमित तथा जिम्मेदारीपूर्ण खबरदारी कदाचित अदालतको अवहेलनाको विषयवस्तु मानिन वा हुन सक्दैन,” ढुंगानाको लिखित जवाफमा उल्लेख छ ।

ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अदालतको अवहेलनामा कारबाहीका लागि निवेदन दायर गरेका थिए । गएको माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC