site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदले संसद् विघटन हुँदाको पनि पाउँदै छन् एकमुष्ट तलब–भत्ता 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा विघटन हुँदाको अवधिको तलब–भत्ता एवं अन्य सुविधा पनि सांसदहरुले पाउने भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन खारेज गरेपछि पुस र माघको तलब–भत्तासहित अन्य पाउँदै आएको सेवा–सुविधा पाउने भएका हुन् । प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि स्वतः सांसदहरुले पाउँदै आएको तलब–भत्ता एवं अन्य सेवा–सुविधा पाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

फागुन महिनाको तलब सांसदहरुको खातामा जाँदा पुस र माघ महिनाको तलब–भत्ता र अन्य सेवा–सुविधावापतको रकम पनि सँगै जाने भएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएसँगै प्रतिनिधिसभाका सांसदहरुको तलब पनि रोकिँदै आएको थियो ।

प्रवक्ता पाण्डेका अनुसार एकजना सांसदको पारिश्रमिक मासिक ६४ हजार रुपैयाँ छ । त्यसबाहेक घरभाडा, सञ्चारलगायतका अन्य सेवा–सुविधा पनि सांसदहरुले पाउने उनले बताए । हाल प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसअनुसार मासिक एक करोड ७६ लाख रुपैयाँ प्रतिनिधिसभा सदस्यहरुले पारिश्रमिक मात्रै पाउँछन् । त्यसबाहेक घरभाडा, सञ्चार, यातायात, स्वास्थ्य उपचारलगायतका अन्य सेवा–सुविधा पनि पाउँदै आएका छन् ।

Global Ime bank

फागुन महिनाको तलब जाँदा पुस र माघ महिनाको पनि सँगै सांसदको बैंक खातामा तलब जान्छ । फागुन महिना पारिश्रमिक बुझ्दा एकजना सांसदले एक लाख ९२ हजार त पारिश्रमिकबाट मात्रै बुझ्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC