site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
करेक्सनको बाटोमा सेयर बजार : संसद पुनःस्थापनाले बढेन लगानीकर्ताको मनोबल
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहीबार) सेयर बजारमा करेक्सनको बाटो देखिएको छ । कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउन पछि असारमा १२०० नजिकमा खुलेको बजारमा कुनै ठूलो करेक्सन बिना नै लगातर बढेर साढे २६०० अंक पार गरेको थियो ।
 
आठ महिनाको अवधिमा नेप्से १२० प्रतिशतले वृद्धि हुँदा सामान्य करेक्नस भए पनि ठूलो करेक्सन देखिएको थिएन । तर, यो साता भने सेयर बजारमा केही करेक्सनको संकेत देखिएको छ । आज बजार परिसूचक नेप्से ४४.९४ अंकले घटेर २५५४.१४ अंकमा बन्द भएको छ । 

बुधबार २५९९.०८ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा साढे २३ अंकभन्दा माथिले वृद्धि भएर २६२२.७१ अंकमा खुलेको थियो । कारोबार खुलेको केही समयमा नै नेप्से २६२३.१६ अंकसम्म पुगे पनि त्यसपछि लगातार ओरालो लाग्दै कारोबार बन्द हुनु केही समय अगाडि २५४६.७२ अंकसम्म झरे पनि अन्तिमममा सामान्य सुधार देखिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

संसद विघटनसँगै दुई महिनाभन्दा बढी समयदेखि अन्योलपूर्ण  राजनीतिक अवस्थामासमेत लगातार बढेको सेयर बजार सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेसँगै थप उचाई लिने अपेक्षा विपरित बुधबार सामान्य बढेको नेप्से आज भने करिब २ प्रतिशतको करेक्सन देखिएको छ ।

 
बैंक तथा वित्तीय संस्थामा तरलता संकुचन हुँदै जाँदा सहज रुपमा पाइँदै आएको सेयर धितो कर्जामा भएको कडाई तथा ब्याज बढ्नसक्ने आँकलनले पनि बजारमा प्रभाव परेको देखिन्छ । 

Global Ime bank

आज नेप्सेमा १२ वटै उपसूचक राताम्यै भएका छन् । बजारलाई नेतृत्त्व गर्ने बैंकिङ उपसूचक नै १.९९ प्रतिशतले ओरालो लाग्दा  वित्त कम्पनी उपसूचक २.१७ प्रतिशतले घटेको छ । यस्तै  विकास बैंक उपसूचक १.७७ प्रतिशत, अन्य उपसूचक १.७३ प्रतिशत व्यापार उपसूचक १.८४ प्रतिशत र जीवन बिमा उपसूचक १.६७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड र होटेल उपसूचक बाहेक सबै उपसूचक १ प्रतिशत माथिले घटेको छन् ।

 
आज नेप्से आरालो लाग्दा कारोबार रकम पनि घटेको छ । लगातार ८ देखि १० अर्बको कारोबार भइरहेको बजारमा हिजो बुधबार नेप्सेको सिस्टमा समस्या देखिदा साढे ६ अर्बमा खुम्चिएको कारोबार रकम आज ९ अर्बमा सीमिति भएको छ । 
 
आज नेप्सेमा ८३ हजार ४०७ कारोबारमा २०६ कम्पनीको  १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजारको कारोबार भएको छ ।
 
कारोबार रकमा संकुचन आए पनि नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को भने ९० करोड माथिको कारोबार भएको छ । कम्पनीको मात्रै ३० हजार दुई कारोबारमा १६ लाख ४९ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ९० करोड ३५ लाख ६७ हजारको कारोबार भएको छ । यस्तै नबिल बैंक, नेशनल हाइड्रोपावर र नेपाल बैंकको कारोबार रकम २१ करोड नाघ्दा  एनआइसी एशिया बैंकको पनि २० करोड माथिको कारोबार भएको छ । 

बजारमा करेन्सन देखिए पनि चन्द्रागिरि हिल्सको सेयर मुल्यमा सकारात्मक सर्किटलाग्दा नेशनल हाइड्रोपावरको सेयर मुल्य पनि ८.२२ प्रतिशतले बढेको छ । यता, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको सेयर मुल्य साढे ५ प्रतिशत माथिले घट्दा आइएमई जनरल इनस्योरेन्सको रेयस मुल्य पनि ४.४५ प्रतिशतले घटेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC