site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वोच्चको फैसलापछि निर्वाचन आयोग ढुक्क !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्रको विवाद निर्वाचन आयोग पुग्यो ।

दुवै पक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल) निर्वाचन आयोगमा आधिकारिक नेकपा आफूहरु भएको दाबी गर्दै पुगे ।

निर्वाचन आयोगलाई निरन्तर दबाब दिइरहे दुवै पक्षले । तर आयोगले निर्णय गर्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार निर्वाचन आयोग त्यसबेला अत्यधिक तनावमा थियो ।

विभिन्न बहाना बनाउँदै दुवै पक्षलाई फर्काएको निर्वाचन आयोगको प्रमुख ध्यान नै सर्वोच्चको फैसलामा थियो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरिदिएपछि अहिले निर्वाचन आयोग ढुक्क छ ।

Global Ime bank

किन त ?

आयोगका एक पदाधिकारी भन्छन्, “अब उहाँहरुलाई नै निर्वाचन चिह्न र नाम चाहिएको छैन । अदालतको फैसलापछि दुवै पक्ष ढुक्क हुनुहुन्छ । चासो पनि राख्नुभएको छैन ।”

निर्वाचन आयोगले यसअघि आएको निवेदनमा समेत त्रुटि रहेकाले दल विभाजनका लागि अर्को निवेदन लिएर नेकपा आयोग आउनुपर्ने जनाएको छ ।

नयाँ दल दर्ताको प्रक्रियामा जाँदा कम्तिमा पनि दुईमहिना समय लाग्ने भएकाले दुवै पक्ष अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेको छ ।

ओली पक्षले आधिकारिकता आफूहरुमात्रै भएको दाबी गर्दै आएको छ भने अर्को पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी बहुमतले कारवाही गरेकाले आधिकारिक आफूहरु नै भएको दाबी गर्दै नयाँ सरकार गठनको गृहकार्यमा छ ।

नयाँ सरकार गठनको गृहकार्यमा रहेका दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै आयोगका एक पदाधिकारीले भने, “दुवैपक्ष यो विवाद अघि बढाउने पक्षमा हुनुहुन्न । अहिले त उहाँहरु दुवै पक्ष सरकार बनाउने ध्यानमा हुनुहुन्छ । यो प्रक्रिया पूरा गर्न दुई महिना लाग्छ । बसिरहनुभएको छ बसिरहनुस् भन्ने हामीलाई निर्देशन छ ।”

अहिले कुनै एक पक्षले निर्वाचन आयोगलाई दबाब दिएमा अर्को पक्ष निर्वाचन आयोग पुगेर सरकार गठनको प्रक्रिया लम्ब्याउन सक्ने भएकाले पनि दुवै पक्ष मौन रहेको स्रोत बताउँछ ।

“पुरानो निवेदनमा केही त्रुटि छ । नयाँ निवेदन दिनुपर्ने हुन्छ । मैले अनौपचारिकरुपमा बुझ्दा उहाँहरु आन्तरिक खेलमा हुनुहुन्छ । विवाद अघि बढ्यो भने अर्को पक्ष फेरि विवाद लिएर निर्वाचन आयोगमा पुग्ने देखिन्छ,” स्रोतले भन्यो, “हतार हुनुपर्ने त नेकपा नेताहरुलाई नै हो । हामी अस्थिरताको कारक किन हुने ? संसदीय दलबाटै विभाजन भएर आए भने हामी पनि सोही प्रक्रियाअनुसार अघि बढ्छौँ ।”

नेकपाको विवाद हेर्ने जिम्मा पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि अब दुवै पक्षसँग छलफलको तयारीमा रहेको बताए ।

तर उनले कहिले छलफल हुने र कुन प्रक्रियामा जाने भन्ने विषयमा टुंगोमा पुगिनसकेको बताए ।

“दुवै समूह कसरी आउँछन् त्यसमा भर पर्छ,” बाह्रखरीसँगको कुराकानीमा उनले भने ।

आधिकारिकता विवादको टुंगो लगाउन पनि दल विभाजनको बाटो रोज्नुपर्ने अवस्था छ । संसदीय दलबाट नै नेकपा टुक्रिए आफूहरुलाई सजिलो हुने आयोगका उच्च अधिकारी बताउँछन् । 

“विवाद संसदीय दलमा गयो भने संसदीय दलले नै टुक्याउने हो । त्यहाँ त हामीले फुटाउँदैनौं । संसदीय दलबाट फुटेर आए भने हामीले प्रमाणित गर्ने हो । अब,  हामी अब तनावमा छैनौं,” एक अधिकारी बताउँछन् ।

आयोगले पार्टी फुटाउँदै नहिड्ने भएकाले नेकपाको दुबै समूह स्पष्ट हुनुपर्ने आयुक्तहरुको तर्क छ ।

“हामीले नेकपा फुट्यो पनि भनेका छैनौं  । जुट्यौं पनि भनेका छैनौं । पार्टी फुट्ने र जुट्ने उनीहरुले डिसिजन गर्नुपर्छ । उनीहरुको निर्णय नहुँदासम्म आयोग पार्टी फुटाउँदै र जुटाउँदै हिँड्दैन,” एक आयुक्तले जिकिर गरे ।

आयोग अनिर्णयको बन्दि बन्नु भएन

उता, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल विवादबारे आयोगले तत्काल निर्णय गर्नुपर्ने बताउँछन् । आयोगले विवाद आफ्नो कोर्टमा राखिरहनु नहुने उनको तर्क छ । 

“एक पक्षबाट मागदाबी आएको छ । त्यस सम्बन्धमा आयोगले निर्णय गर्नैपर्छ । आयोग अनिर्णयको बन्दी बन्न भएन । फेरि दाबी गर्नुपर्ने हो भने पनि आयोगले जानकारी दिनुपर्छ । आयोग बोल्नुपर्‍यो नि,” पोखरेल भन्छन् ,“बल आयोगको कोर्टमा छ । उ मौन छ । उसले बल आफ्नो कोर्टमा राखिराख्नु भएन ।”

उनले तीन हप्ताभन्दा बढी कस्तो अध्ययन गरेको हो भन्दै प्रश्न गरे ।

आधिकारिकता विवादवारे जानकारी लिन प्रचण्ड( नेपाल समूहबाट बुधवार पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान र केन्द्रीय सदस्य राजेन्द्र पाण्डे आयोग पुगेका थिए । आयोगले कानुनी प्रक्रियामा जाने र त्यसबारे जानकारी गराउने बताएको उनीहरु बताउँछन् ।

आयोगले निर्वाचनको तयारी रोकेको छ । सामग्री खरिदका लागि एक हप्ते आह्वान गरिएको २५ करोड बराबरको टेण्डर

रोकिएको आयोगका सचिव अधिकारीले जानकारी दिए । 

सर्वोच्चको फैसलापछि आयोगले तयारी रोके पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने स्रोत बताउँछ । 

“हामीले निर्वाचनको काम त रोकिसक्यौं । तर, मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नुपर्छ । सरकारको निर्णय चाहीँ आएको छैन,” आयोग स्रोतले भन्यो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC