site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युजिल्यान्डसँग अष्ट्रेलिया पराजित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । न्युजिल्यान्डले बुधबार डुनेडीनमा भएको खेलमा अष्ट्रेलियालाई ४ रनले हराएको हो ।

घरेलु टिम न्युजिल्यान्डले दिएको २२० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर २१५ रन मात्र बनायो ।  अष्ट्रेलियाका लागि मार्कुस स्टोनिसले अर्धशतकीय पारी खेले । ३७ बल खेल्दै उनले ७८ रन बनाए । यस्तै, जोस फिलिपले ४५ रनको योगदान गरे ।

Agni Group

बलिङतर्फ न्युजिल्यान्डका लागि मिचेल स्टानरले चार र जेम्स निशमले दुई विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका उनले ९७ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

Global Ime bank

बलिङतर्फ केन रिचार्डसनले तीन विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्यान्डले २–० को अग्रता बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC