site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठकका लागि के छ तयारी ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको बैठकका लागि तयारी सुरु गरेको छ । सामाजिक दूरी कायम गरेरै बैठक सञ्चालन गर्ने सचिवालयको तयारी छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन हुनुअघिसम्म सामाजिक दूरीसहित बैठक सञ्चालन गरिएको थियो । सो व्यवस्थामा अहिले पनि परिवर्तन नहुने सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्न परमादेश जारी गरेपछि सचिवालयले तयारी तीव्र पारेको हो । संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बैठक सञ्चालनका लागि आफूहरु तयारी अवस्थामै रहेको बाह्रखरीलाई बताए । “तयारी भइरहेको छ । प्राविधिक व्यवस्थापन र अरु व्यवस्थापनका कामहरु पनि भइरहेको छ । स्वास्थ्यको दृष्टिकोणले पनि सजगै रहनुपर्ने अवस्था छ । त्यो कुरालाई पनि ध्यान दिएर काम गरिरहेका छौँ । प्रशासनिक, व्यवस्थापकीय कामहरु पनि गरिरहेका छौँ ,” धमलाले भने ।

उनले लामो समय उपयोग नहुँदा बैठककक्षमा रहेका प्रविधिहरुको परीक्षण गर्ने, स्वास्थ्य सुरक्षामा ध्यान दिने र सहज ढंगले प्रभावकारी व्यवस्थापन गर्न सचिवालय लागिरहेको जानकारी दिए । “करिब–करिब तयारी पूरा भइसकेको छ । केही सूक्ष्म रूपमा हेर्नुपर्ने कुराहरु पनि केही दिनमै सकिन्छ,” उनले भने ।

Global Ime bank

सचिवालयले बैठक सञ्चालनको सबै तयारी गरिसकेका बेला पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । पुस १८ भित्र बैठक बोलाउनैपर्ने संवैधानिक बाध्यता थियो । तर, सरकारले १३ दिनअघि नै विघटन गरिदिएको थियो ।

अब कसरी अघि बढ्छ संसद् ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक बोलाउनका लागि प्रधानमन्त्री, राष्ट्रपति कार्यालय र सभामुखको नाममा परमादेश जारी गरेको छ । अदालतको सो आदेशानुसार संसद् बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओली तयार देखिएका छन् । बुधबार बसेको ओली समूहको स्थायी कमिटी बैठक अदालतको आदेशानुसार नै संसद् बैठक बोलाउने निष्कर्षमा पुगेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्रीले बैठक बोलाउन सिफारिस नगरेमा भने एकचौथाइ सांसदहरुले राष्ट्रपतिलाई लेखेर संसद्को अधिवेशन बोलाउन समावेदन गर्न सक्छन् । राष्ट्रपति पनि त्यसका लागि तयार नभएमा भने अदालतले सभामुखको नाममा समेत परमादेश जारी गरेकाले सभामुखले बैठक डाक्न सक्ने कानुनका जानकारहरु बताउँछन् । तर, प्रधानमन्त्री बैठक बोलाउन तयार भइसकेकाले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बस्ने ठानिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC