बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जोन्सन एण्ड जोन्सनको सिङ्गल डोज खोप सुरक्षित र प्रभावकारी भएको पुष्टि 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank

बीबीसी । कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना विरुद्धको सिंगल डोजको खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि भएको छ । अमेरिकी निरीक्षकहरुले यसको जाँच एवम् अध्ययन गरि यो जानकारी दिएका हुन् । यससँगै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा स्वीकृत हुने तेस्रो कोरोना खोप बनेको छ । 

यो खोप शुल्कका हिसाबले कम लागतको हुनेछ । मोडेर्ना र फाइजरको तुलनामा यसलाई फ्रिजर नै आवश्यक पर्दैन । सामान्य रेफ्रिजेटरमा स्टोर गर्न सकिन्छ र एउटा डोज मात्र आवश्यक पर्दछ । जोन्सन एण्ड जोन्सनको ट्रायल नतिजा गत महिना प्रकाशित भएको थियो । यसको डाटामा खोप गम्भीर रोग विरुद्ध उच्च रुपमा प्रभावकारी भएको पाइएको थियो । 

Agani Group

तथ्यांक डाटा अध्ययनपछिको निष्कर्षमा अमेरिकाको खाद्य तथा औषधि विभाग, एफडीएले गम्भीर बिरामी हुनबाट सुरक्षा दिलाउनुका साथै यो खोप लक्षण कम गर्नमा पनि अधिक फाइदाजनक रहेको बताएको छ । 

यो खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा सञ्चालन गरिएको थियो, जो कोभिडबाट सबैभन्दा नराम्ररी प्रभावित भएका मुलुक हुन् । यसमा खोप लगाएका सहभागीहरुमा २८ दिनसम्म कोही पनि अस्पताल भर्ना हुनु परेको थिएन भने कसैको मृत्यु नभएको बताइएको छ । 

sarbottam cement

ह्वाइटहाउसका एक अधिकारीका अनुसार विभागले अमेरिकामा जोन्सन एण्ड जोन्सनको कम्तीमा पनि ३० लाख डोज वितरण गर्ने योजना बनिरहेको छ । हाल जोन्सन एण्ड जोन्सनको खोप बेलायतले ३ करोड डोज, युरोपेली युनिअनले २० करोड डोज, क्यानडाले ३ करोड ८० लाख डोज र डब्लूएचओको कोभ्याक्सले ५० करोड डोज मगाएका छन् । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्