site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भागरथी हत्या अनुसन्धानमा खटिएका असई र जवानको बढुवा
डीआईजी उत्तमराज सुवेदीबाट बढुवाको दर्ज्यानी चिह्न ग्रहण गर्दै असई पदम थापा ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले असई पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरेको हो । उनीहरु दुवै भागरथी हत्याकाण्डको अनुसन्धानमा खटिएका थिए । एक तह बढुवा भएका थापा अपराध अनुसन्धानमा सफल जुनयर अधिकृत मानिन्छन् ।

Agni Group

प्रहरीमा विशेष अवस्थामा विशेष अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेका जुनियर अधिकृतको तह बढुवा गरिने गरिन्छ । ‘‘यो विशेष बढुवा हो । उहाँहरुले भागरथी हत्याकाण्डको अनुसन्धानमा अहम् भूमिका खेल्नुभएको थियो । त्यसैले उहाँहरुको नियमित नभई विशेष बढुवा हो,’’ सुदूरपश्चिम प्रदेश कार्यालयका एसएसपी मुकेश सिंहले बाह्रखरीसित भने ।

बढुवा भएका दुवैजनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । यस्तै, अनुसन्धानमा खटिएका अन्य पाँच प्रहरी पनि पुरस्कृत भएका छन् ।

Global Ime bank

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC