बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विशेष प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एप्पलले हरेक तीन हप्तामा नयाँ कम्पनी किन्ने गरेको खुलासा 
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank

बीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर बैठकमा कुकले बताएका हुन् । 

एप्पलले हालै मात्र अहिलेसम्मकै सबैभन्दा ठूलो चौमासिक आम्दानी डेलिभर गरेको थियो । २०२१ फिस्कल वर्षको पहिलो चौमासमा कम्पनीले १११.४ अर्ब डलर ल्याएको हो । कुकका अनुसार कम्पनी अहिले नयाँ प्रविधि र क्षमता लिनमा केन्द्रित भइरहेको छ । 

Rohto Landing

Agani Group

पछिल्लो दशकमा एप्पलले ग्रहण गरेको सबैभन्दा ठूलो कम्पनी ‘बिट्स इलेक्ट्रोनिक्स’ रहेको थियो । हेडफोन निर्माण गर्ने यो कम्पनीलाई एप्पलले ३ अर्ब डलरमा खरिद गरेको थियो । अर्को चर्चित हाइ प्रोफाइल कारोबार भनेको संगीत पहिचान गर्ने सफ्टवेयर कम्पनी, ‘शाजम’ थियो जसलाई यसले २०१८ मा ४० करोड डलरमा खरिद गरेको हो । तर प्रायः एप्पलले साना प्राविधिक फर्महरु किन्ने गेको छ । त्यसपछि तिनलाई आफ्नै उत्पादन नविकण गर्न प्रयोग गर्ने गर्दछ । यसको एउटा उदाहरण हो ‘प्राइम सेन्स’ । यो एक इजरायली ‘थ्रीडी सेन्सिङ’ कम्पनी हो जसकै प्रविधिले एप्पलको ‘फेस–आइडी’ निर्माण गर्न योगदान पुर्याएको थियो । 

एप्पलले लगानी गर्ने कम्पनीहरु विविध किसिमका रहेका छन् । गत वर्ष यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), भर्चुअल रियालिटी इभेन्ट बिजनेस, पेमेन्ट स्टार्ट–अप र पोडकास्ट बिजनेस लगायत विभिन्न थरीका कम्पनी खरिद गरेको थियो । यसपछि २०१९ मा एप्पलले आफैँ चल्ने, सेल्फ–ड्राइभिङ सटलफर्म, ‘ड्राइभ.एआइ’ खरिद गरेको हो । यसले सेल्फ ड्राइभिङ सम्बन्धी एप्पलकै प्रविधिको विकासलाई बढावा दिनेछ । 

sarbottam cement

एप्पलको कम्पनी मूल्य हाल २० खर्ब डलर बराबर रहेको छ । त्यसकारण पनि यससँग नयाँ नयाँ फर्ममा हात हाल्न प्रशस्तै पैसा छ । तर ६ वर्षमा १०० वटा कम्पनी खरिद गरिसकेको भएपनि यस काममा एप्पलले ध्यानपूर्वक छनोट गर्ने गरेको छ । जस्तै केही समय अगाडि टेस्लाका मालिक एलन मस्कले २०१३ मा आफू संघर्षरत् अवस्थामा हुँदा कुकलाई आफ्ना विद्युतीय कार खरिद गर्न भनेको तर कुकुले नमानेको खुलासा गरेका थिए ।  

एप्पल जस्तै अन्य ठूला कम्पनीहरुले पनि आफ्नो प्रविधि विस्तार गर्न विभिन्न किसिमका कम्पनीहरुमा लगानी गर्ने गरेका छन् ।

माइक्रोसफ्टले यसअघि लिंकेडिनका लागि २६ अर्ब तिरेको थियो भने अमेजोनले होल फुड्सलाई १३.७ अर्बमा किनेको हो ।

त्यस्तै फेसबुकले वाट्सएपलाई १९ अर्ब डलर तिरेर आफ्नो बनाएको थियो । यसमा एप्पलले खरिद गरेका दश सबैभन्दा ठूला कम्पनीलाई मिलाउँदा पनि यिनीहरु भन्दा धेरै कम हुन्छ । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्