खेल
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार राति भएको पहिलो लेगमा रियलले इटालियन क्लब एट्लान्टालाई १–० गोल अन्तरले पराजित गरेको हो । एट्लान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनेटमा मेन्डीले निर्णायक गोल गरे । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ ।
दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७ १०:१०
प्रतिक्रिया दिनुहोस्