विदेश
काठमाडौं । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ७९ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा हालसम्म २४ लाख ७९ हजार ६७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ३८४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख २६ हजार ५३१ संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा ११ करोड १७ लाख ६२ हजार ९६५ जनामा कोरोना संक्रमण भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७ ०९:१९
प्रतिक्रिया दिनुहोस्