site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीनवटा प्रदेशका केही स्थानमा चट्टयाङसहित पानी पर्ने सम्भावना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावस्वरुप आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, आजको काठमाडौंको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार आज दिउँसो काठमाडौंको तापक्रम २५–२७ डिग्री सेल्सियससम्म पुग्ने छ । वाग्मती प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन । 

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC