site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता हस्तान्तरणमा ओली तयार छैनन्- लोकतन्त्रलाई दोष !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरण नभएको भन्दै लोकतन्त्र सुदृढीकरणको आवश्यकता रहेको बताएका छन् । महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा बुधबार देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरण नहुनुमा लोकतन्त्र सुढृढ नभएको प्रसंगसँग जोडे ।

“शान्तिपूर्ण सत्ता हस्तान्तरण लोकतन्त्रको अनिवार्य सर्त हो, तर हामीकहाँ शान्तिपूर्ण सत्ता हस्तान्तरण हुन सकिरहेको छैन,” ओलीले सत्ता हस्तान्तरण नगर्न संसद् विघटन गरेकोतर्फ संकेतगर्दै देउवाले भने, “जब शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने अवस्था नै हुँदैन भने लोकतन्त्र कसरी सुदृढ हुन्छ ?”

Prabhu Bank
Agni Group
NIC Asia

उनले वर्षौं लोकतन्त्रको अभ्यास गरेका देशमा समेत लोकतन्त्र सुदृढीकरण आवश्यक देखिएको भन्दै नेपालमा भने धेरै समस्या रहेको बताए । “दशकौं लोकतन्त्रको अभ्यास गरेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव हारेपछि पनि शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न तयार भएनन्, चुनाव हारिसकेपछि पनि छोड्दिनँ भन्दै के-केसम्म गरे र दुनियाँ चकित पारिदिए,” देउवाले भने । 

उनले कतिपय देशमा लोकतान्त्रिक विधिबाट आएकाहरूले पनि सत्ता सञ्चालन र हस्तान्तरण दुवै गर्न नपाएको बताए । “म्यानमारमा आङसान सूचीले त्यत्रो बहुमत पाएर पनि सत्ता सञ्चालन गर्न पाउनुभएको छैन,” देउवाले भने, “न त उहाँले शान्तिपूर्ण सत्ता हस्तान्तरण नै गर्न पाउनुभएको छ ।” उनले लोकतन्त्रमा अनेक प्रकारका समस्या आइरहेको भन्दै लोकतन्त्र सुदृढीकरण अहिलेको आवश्यकता भएको बताए ।

Global Ime bank

नेपाली जनताले दिएको मत आफूले सहश्र स्वीकार गरेको भन्दै आफूले हस्तान्तरण गरेका ओलीले भने मतको सम्मान र सत्ता हस्तान्तरण दुबै स्वीकार्न नसकेको बताए । 

“नेपाली जनताले दिएको मतबाट हामी धेरै कमजोर रुपमा संसद्‌मा आएका थियौं, तर हामीले जनताको मतको सम्मान गर्दै सत्ता हस्तान्तरण गर्‍यौं,” देउवाले भने, “तर, न जनमतको सम्मान हुन सक्यो न त शान्तिपूर्ण सत्ता हस्तान्तरणको अभ्यास नै हुन सक्यो ?” उनले सत्तामा जान देखिएको हतारो र सत्ता सञ्‍चालनदेखि सत्ता हस्तान्तरणमा देखिएको मनोविज्ञानले दाबी गर्दैमा कोही पनि लोकतान्त्रिक नहुने बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC