site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद पुन:स्थापना भएर केही बिग्रिएको छैन : शंकर पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड-नेपाल गैरकम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको आरोप लगाएका छन् ।

बुधबार नेकपा ओलीनिकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकमा पोखरेलले भने, "उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौं भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिस्ट पार्टीको दुईतिहाइ हुँदा-हुँदै विघटन गरेर संकटमा पारे भन्नेकुरा गर्नुहुन्छ । उहाँहरुले जितेको जितको परिणाम के हो त भन्दाखेरी कम्युनिस्ट पार्टीको नेतृत्व होइन गैरकम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

नेता पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैरकम्युनिस्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताका बीचमा जाने बताए ।

उनले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी गरे । संसद् पुन:स्थापना भएर केही नबिग्रिएको जिकिर पनि गरे ।

Global Ime bank

"पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाका लागि स्वभाविक रुपमा प्रतिनिधिसभाको विघटन त्यतिबेलाका लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ । आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस्," उनले भने, "त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वको विरुद्धमा, आन्दोलनका विरुद्धमा, एकताका विरुद्धमा जुन प्रकारको षड्यन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं । जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौँ त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौँ । संसद् पुन:स्थापना भएर केही बिग्रिएको छैन ।"

कार्यक्रममा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष संगठन गर्ने मौका दिएको बताए । संगठन निर्माण गरेर जाने र आगामी चुनाव जितेरै छाड्ने दाबी गरे । सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै आफूहरुले संयमतापूर्वक राजनीतिक विचार राखिरहेको उनको भनाइ थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC