बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीले कुन नाकले अविश्वासको प्रस्ताव फेस गर्ने ?
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, फागुन १२, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकको निर्णयबारे जानकारी दिँदै उनले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय असंवैधानिक ठहर गरेपछि स्वत: राजीनामा दिनुपर्ने बताए । अब असंवैधानिक सरकारलाई परिवर्तन गरेर कसरी संवैधानिक ट्रयाकमा ल्याउने भन्ने चुनौतीको विषय रहेको उनले बताए ।

Agani Group

गुरुङले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर कुन हैसियतले अविश्वासको प्रस्ताव संसदको फेस गर्ने ? भन्दै प्रश्न गरे ।

"संसद् सिध्याउन खोज्ने । संविधान सिध्याउने खोज्ने । यही संविधानमा टेकेर संसद्‌मा आइपुगेको छ । त्यही संसद्‌ले यो सरकार जन्माएको छ । जुन संसद्‌ले सरकार जन्माएको छ त्यही संसद्‌लाई सिध्याउन खोज्ने । मातृहत्या गर्न खोज्ने प्रवृत्ति । संसद्‌मा गएर कुन नाकले, कुन हैसियतले फेस गर्ने ? कुन हैसियतले समर्थन गरिदेऊ भन्ने ? यो त चुनौतीको विषय हो," उनले भने ।

sarbottam cement

संसद्‌मा फेस गर्न खोजे आफूहरु तयार रहेको पनि उनले बताए ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्