site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान निगरानी समूहले भन्यो–सर्वोच्चको फैसला ऐतिहासिक कोसेढुंगा
Sarbottam CementSarbottam Cement

काठमाडौं । संविधान निगरानी समूहले सर्वोच्च अदालतबाट भएको फैसला ऐतिहासिक कोसेढुंगा भएको जनाएको छ ।

समूहका तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ,“उक्त फैसला संवैधानिक विधिशास्त्रको दृष्टिले संविधान र संविधानवादको संरक्षणमा ऐतिहासिक कोसेढुंगा हो भन्ने हाम्रो धारणा छ । यस सन्दर्भमा चालु प्रतिनिधिसभाको हठात् विघटनबाट संविधानको कार्यान्वयनमा विचलन आएको हुनाले त्यसमा कुनै हदमा पनि विचलन आउन नदिने निरन्तर पहरेदारीको लागि यस समूहले गरेको यसअघिको आह्वानलाई स्मरण गर्न चाहन्छौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

संविधान जारी हुँदैमा र संसद् स्थापित हुँदैमा लोकतन्त्र  र संविधावादको स्वतः कार्यान्वयन नहुने हुँदा संविधानको उद्देश्यअनुरुप कार्यान्वयन गर्न गराउन आवश्यक होसियारी र जवाफदेहिताको साथ निरन्तर अग्रसर रहन सम्बन्धित सबैलाई आह्वान पनि गरिएको छ ।

समूह पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा रहेको छ । जसको सदस्यहरुमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, हिमालयन शमशेर जबरा, तिर्थमान शाक्यलगायत रहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC