site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहाँ थियो ६१९ मृतकको तथ्यांक ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोभिड १९ का कारण थप ६१९ जनाको मृत्यु भएको तथ्यांक आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यसअघि मन्त्रालय र शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको तथ्यांक नमिलेको अवस्थामा मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले थप ६१९ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकको संख्या यकिन गर्न सीसीएमसीलाई जिम्मा दिइएकामा आज अन्तिम तथ्यांक आइपुगेको हो । योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कसरी बढ्यो मृतकको संख्या ?
०७७ जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको जिम्मा नेपाली सेनलाई दिने निर्णय गरेको थियो । सोही जिम्मेवारीअनुसार सेनाले शवहरूका आधारमा मृतकको तथ्यांक सार्वजनिक गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थागत आइसोलेसनमा मृत्यु हुनेको संख्यालाई आधार मानेको थियो । यो अवधिमा मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले तथ्यांक संकलन तथा अध्ययनको काम गरिरहेको थियो ।

०७६ चैत १६ गते गठन गरेको सीसीएमसीमा एक महिनामै तीन संयोजक फेरिएका थिए । तर ०७७ कात्तिकदेखि भने सेनाको तथ्यांकमाथि पनि अध्ययन भइरहेको थियो । त्यसयता दुई निकायबीच तथ्यांकका विषयमा सहकार्य हुँदै आए पनि मन्त्रालयले मृतकको यकिन तथ्यांक सार्वजनिक गर्न सकेको थिएन ।

Global Ime bank

प्रवक्ता डा. गौतमका अनुसार बुधबार मन्त्रालयमा भएको अन्तिम छलफलले थप ६१९ जनाको मृत्यु भइसकेको निष्कर्ष निकालेको हो । योसँगै मन्त्रालयले संस्थागत आइसोलेसनमा रहेका भनिएका एक हजार ५३३ जनामध्ये ५२५ जनाको मृत्यु भइसकेको पुष्टि गरेको हो । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९३७ जना भएको मन्त्रालयको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC