site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पछिल्लो चौबीस घण्टामा थपिए ९४ संक्रमित, एकजनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार थप ६१९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म मृत्यु पुष्टि नभएकाको संख्या सीसीएमसीले आज यकिन गरेको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको छ । गएको चौबीस घण्टामा तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनाको नतिजा पोजेटिभ आएको छ ।

Agni Group

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ । त्यस्तै चौबीस घण्टामा ७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६३ जना छन् भने आइसोलेसनमा एक हजार ९३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC