site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ संक्रमण पहिचानका लागि मेसिन ल्याउँदै सरकार 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा जिन सिक्वेन्सिङ मेसिन (सिक्वेन्सर) ल्याउने तयारी अघि बढाएको छ ।

ब्याक्टेरियाको नयाँ प्रजाति पत्ता लगाउन प्रयोग गरिने मेसिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राख्ने जनाइएको छ । मेसिन खरिदका लागि विभिन्न निकायहरुसँग छलफल भइरहेको महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, कोभिड–१९ को नयाँ प्रजाति पहिचानका लागि गएको पुस २७ गते नेपालबाट तीनजनाको नमुना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको जिन सिक्वेन्सिङ परीक्षणमा बेलायतबाट आएका तीनजनामा यूके भेरियन्ट पहिचान भएको थियो ।

के हो जिन सिक्वेन्सर ?
जिन सिक्वेन्सिङ मानिसमा भएको संक्रमणको नयाँ प्रजाति पहिचानका लागि अपनाइने विधि हो । नेपालमा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र धुलिखेल अस्पतालमा यो विधिको प्रयोग भइरहेको छ । नास्टले किट जातिमा संक्रमणको पहिचानका लागि यसको प्रयोग गरेको पाइएको छ ।

Global Ime bank

धुलिखेल अस्पतालमा भने पाठेघरको मुखको क्यान्सर, जापनिज इन्सेप्लाइटिस, म्यानेन्जाइटिसलगायतका संक्रमणको पहिचानका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको अस्पतालका प्रमुख औषधिविज्ञ डा. राजीव श्रेष्ठले बताए । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट पहिचानका लागि पठाएका ६ वटा नमुनासमेत धुलिखेल अस्पतालबाट सिक्वेन्सिङ गरिएको थियो ।

कस्तो सिक्वेन्सर ल्याउन खोज्दै छ सरकार ? 
जिन सिक्वेन्सिङका लागि प्रयोग हुने दुईमध्ये नेपालले मेटाजेनोमिक मेसिन खरिद गर्न लागेको हो । अर्थात् संक्रमणको प्रजाति वर्गीकरण गर्न सकिन्छ । यसले भाइसर म्युटेसन भएको छ या छैन भनी पहिचान गर्न सहज हुन्छ । सिक्वेन्सरको माध्यमबाट अन्य संक्रामक रोगहरुको पहिचान गर्नसमेत सहज हुने र नेपालजस्तो मुलुकका लागि नयाँ रोग पहिचानका लागि निकै उपयोगी हुने डा. श्रेष्ठ बताउँछन् । सिक्वेन्सरमा एकपटकमा १०० वटासम्म नमुना परीक्षण गर्न सकिने उनको भनाइ छ ।

मेसिन खरिद गर्न कति खर्च लाग्छ ? 
धुलिखेल अस्पतालमा हाल प्रयोगमा रहेको होल जिनोम सिक्वेन्सिङ मेसिन महँगो सिक्वेन्सरमा गनिन्छ । नेपालले हाल खरिद गर्न लागेको मेटाजेनोमिक मेसिन भने ८०० देखि ११ सय डलरसम्म पर्नसक्ने अुनमान गरिएको छ । डा. पौडेलका अनुसार भरतबाट ल्याउने या अन्य देशबाट खरिद गर्ने भन्नेबारे हाल मन्त्रालयमा छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC