site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चमा रिट, पशुपतिमा जलहरी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक अर्ब आठ करोड रुपैयाँको सुनको जलहरी राखिएको छ ।

सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकै समयमा पशुपति क्षेत्र विकास कोषले जलहरी राखेको हो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा क्षमापूजा गरेपछि मूल मन्दिरका भट्ट, पुजारी तथा कालिगढले जलहरी राखेका हुन् ।

मंगलबार वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता  ढुंगानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुठी संस्थान र पुरातत्व विभागविरुद्ध फरक–फरक दुईवटा रिट दायर गराएका थिए । युनेस्को र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत जलहरी राख्ने निर्णय गरिएको भन्दै रिट दायर गराएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पुरानो चाँदीको जलहरी खिइँदै गएकाले जलहरीबाट फोहोर निकालेर त्यसैमा सुनको जलहरी राखेको बताए । उनले चाँदीको जलहरी नहटाई त्यसैमा सुुनको जलहरी राखेकाले पुरानो सम्पदा नमासेको जिकिर गरे ।

‘‘गर्भगृहमा राखिएको जलहरीमा एक सय चार किलोको सुन किनिएको र बाँकी चार किलो तामा धातु मिसाइएको छ । तामा धातुले सुनको जलहरी बलियो हुन्छ । त्यसैअनुसार सेनाको सुरक्षामा मूल भट्ट, पुजारी र कालिगढले जलहरी राखेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन किन्न सरकारबाट ३० करोड दिएका हुन् । बाँकी ६० करोड कोषले खर्च गरेको छ । सबै गरेर कोषले एक अर्ब आठ करोड खर्च गरेको छ,” उनले भने ।

Global Ime bank

प्रधानमन्त्रीको निर्देशनानुसार एक महिनामा सुनको जलहरी तयार पारी राखिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनले भने, ‘‘राष्ट्र बैंकबाट एक अर्ब चार करोडको सुन किनेर जलहरी चढाइएको छ । पुरानो जलहरी परिवर्तन नगरी चाँदीकै जलहरीमा सुनको जलहरी राखेकाले ऐनविपरीत छैन ।’’

सुनको जलहरी राखेलगत्तै जलहरीको सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी, मूल भट्ट, पुजारीलगायतको टोलीलाई कोषले सम्मान गर्‍यो ।

प्रदेशसभा सदस्य वैद्यले कोषले जबर्जस्ती गरेर सुनको जलहरी राखेको बताए । सर्वोच्चमा रिट दायर गर्दा पनि कोषले एकाएक कार्यक्रम गरी कसैलाई थाहै नदिई भित्री रूपमा क्षमापूजा गरी सुनको जलहरी राखेको उनको भनाइ छ ।

सर्वसाधारणले दुई दिनदेखि दर्शन गर्न पाएनन् 
दुई दिनदेखि पशुपतिनाथ मन्दिरमा प्रवेश नगरी बाहिरै पूजा गरेर फर्किएको सर्वसाधारणको भनाइ छ । सिन्धुपाल्चोकका ७० वर्षीय केशर भण्डारीले कोषले बिनासूचना कार्यक्रम आयोजना गर्दा सर्वसाधारण अलमलमा परेको बताए । उनले दुई दिनदेखि पूजा गरौँला भन्दै मन्दिरमा आएको तर पूजा गर्न नपाएर फलफूल बाहिरै चढाएर फर्कनुपरेको गुनासो गरे । ‘‘शिवरात्रिको अवसरमा पशुपति दर्शन गर्न भनेर गाउँदेखि आएको थिएँ । तर, यहाँ भने फरक अवस्था आइलाग्यो,” उनले भने ।

कोषले भने सर्वसाधारणका लागि पशुपति दर्शनमा आएको समस्याप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC