site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिस्टममा समस्या देखिँदा अन्योलमा लगानीकर्ता, नेप्से सामान्य बढे पनि कारोबार घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्सेको सिस्टममा पटक-पटक समस्या देखिँदा लगानीकर्तामा देखिएको अन्योलबीच सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । 

कहिले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य १०० प्रतिशतले घटेको देखिँदा नेप्सेमा एकैपटक ८८ अंकको पहिरो गएको देखिने त कहिले टीएमएसमा खरिद-बिक्री अर्डर नै नदेखिने समस्याबीच आज (बुधबार) को कारोबार बन्द भएको छ ।

१३ अंकको वृद्धिसहित २६००.३३ अंकमा खुलेको नेप्से उतारचढावबीच १२.५६ अंकले बढेर २४९९.०८ अंकमा बन्द भएको छ । नेप्सेको सिस्टममा सुनियोजित रुपमा समस्या देखाइएको आरोप लगानीकर्ताले लगाए पनि नेप्सको अनलाइन कारोबार प्रणालीको व्यवस्थापन गरिरहेको वाईकोले भने इन्फ्रास्ट्रक्चर बैंकको सेयर एकैपटक अत्यधिक बिक्री चाप आउँदा सिस्टममा समस्या आएको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकको सेयर मूल्यमा देखिएको उतारचढावले पनि चलेखेल भएको पुष्टि हुने लगानीकर्ताहरूको दाबी छ । प्रतिनिधिसभा विघटन उल्ट्याउने सर्वोच्चको निर्णयसँगै आज बजारमा चम्किने अपेक्षमा रहेका लगानीकर्ता सिस्टममा आएको समस्याले निराश भएका छन् । 

उतारचढावबीच सेयर बजारमा आज हाइड्रोपावर र अन्यबाहेक सबै उपसूचकमा हरियाली देखिएको छ । हाइड्रोपावर उपसूचक १.११ प्रतिशत र अन्य उपसूचक ०.५१ प्रतिशतले घटेको छ ।

Global Ime bank

यता होटेल उपसूचक सर्वाधिक २.३ प्रतिशतले बढ्दा निर्जीवन र जीवन बिमा तथा म्युचुअल फन्ड उपसूचक १ प्रतिशतभन्दा माथिले बढेको छ भने बैंकिङ उपसूचक पनि ०.८१ प्रतिशतले बढेको छ ।

नेप्सेको सिस्टममा समस्या हुँदा लगानीकर्तामा देखिएको अन्योलले कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ६९ हजार ९९४ कारोबारमा २०४ कम्पनीको एक करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजारको कारोबार भएको छ ।

आज बजारमा कारोबार रकमको नेतृत्व भने नेपाल बैंकले गरेको छ । बैंकको सर्वाधिक करिब १२ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा ५८ करोड २५ लाख ७६ हजारको कारोबार भएको छ । नेपाल बैंकलाई पछ्याउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नौ लाख ९२ हजार २०७ कित्ता सेयर किनबेच हुँदा ५६ करोड ४२ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल बैंकको सेयर मूल्य पनि पाँच प्रतिशतमाथिले बढेको छ । सेयर मूल्य घट्नेमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकका साथै हाइड्रोपावर कम्पनी छन् । इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य पाँच प्रतिशतमाथिले घट्दा, अरुण भ्याली हाइड्रोपावर, आरम्भ चौतारी लघुवित्त, युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी र शिवश्री हाइड्रोपावर छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC