site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अदालत परिसरबाट फरार थुनुवा भारतमा समातिए
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङ जिल्ला अदालत परिसरबाट फरार भएका दुईजना थुनुवा भारतबाट पक्राउ परेका छन् ।

सोमबार म्याद थपका लागि जिल्ला अदालत लगिएका उनीहरु क्यान्टिनमा खाजा खाने बहाना बनाएर फरार भएका थिए । प्रहरीको आँखा छलेर भाग्न सफल भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश नम्बर–१ प्रहरी कार्यालयको टोलीले उनीहरुको खोजी तीव्र बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अदालतबाट मोरङ कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका थिए । तीमध्ये शेख भारतको अररिया जिल्लाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । अर्का थुनुवा चौधरीको पनि व्यापक खोजी भइरहेको उनले बताए ।

मोरङको जहदा गाउँपालिको डुमरिया नाकादेखि करिब दुई किलोमिटर दक्षिण भारतमा लुकेर बसेको अवस्थामा शेख पक्राउ परेका हुन् । उनी गाउँको दिदी पर्ने एकजना महिलाको घर पुगेका थिए । उनीविरुद्ध ब्राउनसुगरको कारोबारी भएको र लागुऔषधसम्बन्धी अपराधमा मुद्दा चल्ने प्रहरीको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC