बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई सलाम’
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, फागुन १२, २०७७
Laxmi Bank
Laxmi Bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । अभिनेता भुवन केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको फैसला गर्ने सर्वोच्च अदालतको कदमलाई कठिन समयमा लिइएको सही निर्णय भनेका छन् ।  

सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गरेको भन्दै उनी अगाडि भन्छन्, “हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ ।  सँगै हामी सबैले संविधानको अक्षरस पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि सर्वोच्चको फैसलाले दिएको छ ।”

“कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ । संवैधानिक संकट त टर्यो । तर, नेतृत्त्वमाथिको आशंका टरेको छैन । आउँदो समयमा शासन सत्तामा रहनेले संविधान र जनता कसैलाई पनि टेकन फर ग्रान्टेड नलिनु होला । मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 
 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्