बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चलचित्र दोहोरिने सीमित चलचित्र निर्माता, आउने-जानेकै संख्या धेरै 
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, फागुन १२, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । नेपालमा बर्सेनि ठूलो संख्यामा चलचित्र बन्ने गरे पनि दोहोरिने निर्माताको संख्या भने ठूलो छैन । २०७५ सालमा ९६ चलचित्र रिलिज भए । ०७६ मा चार दर्जन चलचित्र प्रदर्शनमा आए । ०७५ अगाडि पनि ठूलो संख्यामा चलचित्र रिलिज हुन्थे । तर, पटक-पटक चलचित्र निर्माण गर्ने निर्माताहरूको संख्या भने सीमित छ ।
 
नेपालमा लामो समयदेखि चलचित्र निर्माणमा सक्रिय निर्माताहरूमा छवि ओझाको नाम अग्रपंक्तिमा आउँछ । ३६ वर्षदेखि चलचित्र उद्योगमा रहेका उनले पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरेका थिए । जुन चलचित्रमा राजेश हमालले डेब्यु गरेका थिए । ‘युगदेखि युगसम्म’ ३३ वर्षअगाडि उनले निर्माण गरेको चलचित्र हो । यो चलचित्रमा छविसँगै कुवेर शर्माले पनि संयुक्त रुपमा लगानी गरेका थिए । छवि अझै चलचित्र क्षेत्रमै सक्रिय रहे पनि कुवेर भने यो क्षेत्रमा छैनन् । 

पछिल्लोपटक उनले निर्माण गरेको चलचित्र ‘हल्दार सुन्तली’ र ‘मंगलम्’ हुन् ।

Global bank

Agani Group

सुनीलकुमार थापा पनि चलचित्रमा निरन्तर सक्रिय निर्माता हुन् । ०५३ सालमा ‘धर्म संकट’ निर्माण गरेर चलचित्रमा लगानी सुरु गरेका उनी आजपर्यन्त यही क्षेत्रमा सक्रिय छन् ।
 
‘गोर्खाली’, ‘ए मेरो हजुर’, ‘फेसबुक’, ‘तकदिर’, ‘ए मेरो हजुर-२’, ‘ए मेरो हजुर-३’ हुँदै यसको अर्को सिरिज पनि अहिले सुनीलले निर्माण गरिरहेका छन् ।
 
दुई दशकदेखि चलचित्र निर्माणमा सक्रिय अर्का निर्माता हुन्- किरण केसी । हास्य कलाकारसमेत रहेका उनले संख्यात्मक रुपमा धेरै चलचित्र निर्माण नगरे पनि समय-समयमा लगानी भने गरिरहेका छन् । ‘शत्रु गते’ र ‘दाल भात तरकारी’ पनि उनले निर्माण गरेका चलचित्र हुन् ।
 
निकैपछि चलचित्रमा प्रवेश गरे पनि निर्माणमा सक्रिय निर्माता हुन्- माधव वाग्ले । ‘फर्स्ट लभ’बाट चलचित्र उद्योगमा प्रवेश गरेका उनले आधा दर्जन चलचित्र बनाइसकेका छन् । ‘लुट’, ‘छड्के’, ‘रेशम फिलिली’, ‘लभ सासा’, ‘चंगा चेट’ उनले निर्माण गरेका चलचित्र हुन् ।
 
निर्माताकोभन्दा पनि नायकको छवि उँचो रहेका भुवन केसीले पनि चलचित्र निर्माण गर्दै आएका छन् । ‘सुपर स्टार’, ‘म तिमी विना मरिहाल्छु’, ‘ड्रिम्स’, ‘क्याप्टेन’लगायत चलचित्र भुवनले निर्माण गरेका छन् ।
 
अर्जुनकुमार पनि नेपाली चलचित्रमा पछिल्लो समय लगानी गरिरहेका निर्माता हुन् । उनले ‘चपली हाइट’सँगै यसका सिरिज तथा ‘फाटेको जुत्ता’ निर्माण गरेका छन् । उनी अहिले पनि सक्रिय निर्माता हुन् ।
 
पछिल्लो समय सक्रिय निर्माता सन्तोष सेन हुन् । ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’ - यसका सिरिज र ‘मेरी मामु’ उनले लगानी गरेका चलचित्र हुन् । 

शर्मिला पाण्डे पनि पछिल्लो समय चलचित्रमा लगानी गरिरहेकी छिन् । ‘लभ लभ लभ’, ‘घर’, ‘आमा’ उनले निर्माण गरेका चलचित्र हुन् ।

sarbottam cement

निर्मल शर्मा पनि चलचित्रमा लगानी गर्दै आएका कलाकार हुन् । ०५२ सालमा ‘आमाको माया’बाट उनले चलचित्र निर्माणमा प्रवेश गरेका थिए । ‘जलन’, ‘अंगरक्षक’, ‘नेपाल’, ‘जेठो कान्छो’, ‘चन्द्र सूर्य’ उनले लगानी गरेका चलचित्र हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग सहकार्य गर्दै उनले ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ मा पनि लगानी गरेका छन् ।
 
सुवास थापा, माओत्से गुरुङ, रेखा थापा, शोभित बस्नेत, रामबाबु, गुरुङ, निश्चल बस्नेत, दीपाश्री निरौला, दीपकराज गिरी, रवीन्द्रसिंह बाँनिया, खगेन्द्र लामिछानेलगायत पनि आफ्नो चलचित्रमा लगानी गर्दै आएका छन् । 

केही निर्माताले चलचित्र निर्माणलाई निरन्तरता दिए पनि अधिकांश भने एक वा दुईपटकभन्दा बढी चलचित्र निर्माण गर्दैनन् । त्यसैले अब चलचित्र निर्माणमा कमी आउने चलचित्रकर्मीहरू बताउँछन् । 

अभिनयसँगै पछिल्लो समय निर्माण र निर्देशनमा सक्रिय माओत्से गुरुङ अपेक्षित राम्रा चलचित्र नबन्नु र लगानी सुरक्षित हुन नसक्नु नै निर्माता नदोहोरिनुको मुख्य कारण रहेको बताउँछन् । “हाम्रोमा चलचित्र निर्माणअगाडि पर्याप्त तयारी गर्ने चलन छैन । यो नै राम्रो चलचित्र नबन्नु र लगानी नउठ्नुको मुख्य कारण हो,” गुरुङ भन्छन्, “सुरुमा निर्मातालाई जुन स्तरको चलचित्र बन्छ र व्यापार गर्छ भनिन्छ त्यसअनुसार नहुँदा निर्माताहरूमा निराशा छाउँछ र उनीहरू दोहोरिँदैनन् ।” 

‘फेक’ समाचार छपाएर चलचित्रबारे आवश्यक ज्ञान नभएका व्यक्तिलाई त्यही समाचार देखाएर लगानी गराउने र अन्ततः चलचित्र घाटामा गएपछि चलचित्र निर्माणमा पुनः निर्माताहरू नआउने निर्माता तथा कलाकार निर्मल शर्मा लामो समयदेखि बताउँदै आएका छन् । उनी यसलाई नेपाली चलचित्रको ‘मुर्गा प्रवृत्ति’ भन्छन् । यो प्रवृत्तिको अन्त्य नभएसम्म निर्माताहरू ठगिने क्रम नरोकिने उनको भनाइ छ । यसका लागि चलचित्र विकास बोर्डले नयाँ निर्माताहरूका लागि काउन्सिलिङको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्