site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अदालतकाे फैसलाले देशलाई राजनीतिक संकटको अध्यारो सुरुङमा धकेल्न चाहनेहरुकाे षड्यन्त्र असफल बनायाे
Sarbottam CementSarbottam Cement

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रचण्ड- नेपाल समूहले सर्वाेच्च अदालतको फैसलाले देशलाई अध्याराे सुरुङमा पर्नबाट जाेगाएकाे ठहर गरेकाे छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसाथ गरी तदनुरुप संविधान सम्मत फैसला गरेर प्रतिनिधि सभालाई मात्र बचाएको नभएर संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको बताएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

 "फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षड्यन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो," विज्ञप्तिमा भनिएकाे छ ।

अदालतकाे फैसलाले इतिहासका विभिन्न कठिन मोडहरुमाझैँ फेरि एकपटक नेपालको अदालत सबैप्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

"सर्वोच्च अदालतको यो निर्णयले इतिहासका विभिन्न कठिन मोडहरुमा झै फेरि एकपटक नेपालको अदालत सबैप्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ । हाम्रो पार्टी यसको उच्च मूल्यांकन गर्दछ", विज्ञप्ति भनिएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC