site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको भरोसा टुट्नबाट जोगियो : महामन्त्री कोइराला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला स्वागतयोग्य भएको बताएका छन् । प्रतिनिधिसभा विघटन बदर गर्ने अदालतको फैसलालगत्तै विज्ञप्ति जारी गरेरै उनले फैसलाको स्वागत गरेका हुन् । 

“यो ऐतिहासिक फैसलाले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको छ,” महामन्त्री कोइरालाले भनेका छन् । आगामी दिनमा पनि न्यायालय देश र जनताको आस्थाको केन्द्र बनिरहने विश्वास पनि व्यक्त गरेका छन् । विगतमा बीपी कोइराला, गणेशमान सिंहले पञ्चायतका बेलामा पनि न्यायालयमाथि ठूलो आस्था र विश्वास देखाएको र अदालतले उनीहरूमाथि लागेको झुटा मुद्दा खारेज गरेको इतिहासको पनि स्मरण गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC