site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कांग्रेसले गर्‍यो सर्वोच्चको फैसलालाई स्वागत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी सम्मानित अदालतबाट फैसला स्वागतयोग्य भएको बताएका हुन् । 

सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो ।” कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ । 

“नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुन:स्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC