site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'एक गोल पोलमा लागेर फर्कियो, नयाँ गोल हान्ने चान्स पनि ओलीसँगै छ'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा नेता महेश बस्नेतले मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले संसद् पुन:स्थापनाको फैसला गरेसँगै उनले ओलीसँग अझै राजनीतिमा प्रभाव जमाउने अवसर रहेको बताएका हुन् ।

उनले भनेका छन्, "केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ । एक गोल पोलमा लागेर फर्किएको छ । नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

विभाजनकारीलाई एकताको प्रक्रियामा फर्काउन आग्रह गर्दै उनले भनेका छन्, "पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिँडाउनुहोस् । राजनीतिलाई विकृति र विसंगतिमुक्त बनाउनुहोस् ।"

सर्वोच्च अदालतको फैसलालाई अनपेक्षित भन्दै उनले अढाइ दशकअघिको घटनाक्रम दोहोरिने शंका गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, "विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको संसद् विघटन गरी निर्वाचनमा गएको प्रक्रिया सर्वोच्चले खारेज गरेकामा राजनीति १ दशकसम्म अस्थिरता र विकृतिमा फसेको थियो ।" जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुझबुजपूर्ण कदम चाल्ने विश्वास उनको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC