site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् त ब्युँतियो, अबको प्रक्रिया के हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुस ५ गते सरकारको सिफारिसमा विघटन भएको संसद् सर्वोच्च अदालतले ब्युँताइदिएको छ ।

सर्वोच्चको फैसलापछि अबको प्रक्रिया के हुन्छ भन्नेबारेमा धेरैको चासो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय मामिलाका जानकार तथा राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले अबको पहिलो प्रक्रिया प्रधानमन्त्रीको राजीनामा नै हुनुपर्ने बताउँछन् ।

“यदि उनले राजीनामा नदिए त्यो अनैतिक हुन्छ र पुनःस्थापित संसदले उनलाई हटाउन सक्छ,” उनले भने, “जुन संसद्ले निर्वाचित गर्‍यो त्यही संसद्लाई संविधान विपरीत संसद् विघटन गरेका प्रधानमन्त्रीले संसद् पुनःस्थापित भएपछि राजीनामा दिएर प्रक्रिया अघि बढाउनु नैतिक हुन्छ । उनले नैतिकता देखाएर आह्वान गरेनन् भने १३ दिनभित्र सर्वोच्चकै आदेशमा राष्ट्रपतिले संसद् डाक्नुपर्छ ।”

Global Ime bank

संसद्को नियमित प्रक्रिया आरम्भ त्यसपछि हुने उनको भनाइ छ ।

“नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुईवटा समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेका छन् । यसमा आयोगले निर्णय दिनुपर्ने हुन्छ,” उनले भने ।

आयोगले निर्णय गरेपछि संविधानको प्रयोग गर्न र राष्ट्रपतिलाई पनि सरकार गठन गर्न सहज हुने उनको भनाइ छ ।

त्यसपछि संसद्मा संविधानको धारा ७६ को कुन उपधाराअनुसारको सरकार बन्छ भन्ने निर्णय हुने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC