site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एन्टीडोपिङ बोर्ड सदस्यमा शाह मनोनीत
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रूपमा कार्यरत् डा. ज्ञानेन्द्रविक्रम शाह नेपालको तर्फबाट दक्षिण एसियाली क्षेत्र एन्टीडोपिङ अर्गनाइजेसन (दक्षिण एसियाली एन्टीडोपिङ संगठन)को बोर्ड सदस्यमा मनोनयन भएका छन् ।

शाहलाई सन् २०२० देखि २०२४ सम्म चार वर्षका लागि बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ । शाहले उक्त बोर्डमा रहँदा नेपालमा एन्टीडोपिङसम्बन्धी गतिविधिहरुको अध्ययन–अनुसन्धान, प्रचार–प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङसम्बन्धी कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्ने छ ।

Agni Group

नेपालमा हालसम्म पनि एन्टीडोपिङको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटीमार्फत हुँदै आएको छ । एन्टीडोपिङको संस्था सञ्चालन गर्न निकै ठूलो धनराशि आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाइ भईरहेको जनाइएको छ ।

यस्तै, शाह अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ कमिसनको सदस्यमा समेत मनोनीत भएको डा. शाह स्वयंले जानकारी गराएका छन् । महासंघले विश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढी राष्ट्रमा कार्यरत् सो संस्थामा नेपालको यो पहिलो सहभागिता हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC