site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘कोभिडले मोबाइल फोनको उपयोगिता विस्तार गर्‍यो, एस २१ ले सोही आवश्यकता पूर्ति गर्छ’
Sarbottam CementSarbottam Cement

एक महिनाअघि सामसङ ग्यालेक्सी एस २१ को प्रिबुकिङ खुला गरेका थियौँ । कोभिड–१९ परिस्थितिबाट बजार भर्खरै माथि उठ्दै गरेको थियो । मोबाइल बजार पनि सुस्त नै थियो । केही प्रभाव पर्ला कि भन्ने पिर थियो ।

तर, एस २१ सिरिजको प्रिअर्डर नम्बर एकदमै राम्रो आयो, सोचको भन्दा राम्रो र विगतका वर्षमा एस सिरिजको फोनमा हुने अर्डरभन्दा राम्रो आयो । एस सिरिज भनेपछि नयाँ इन्नोभेसन बजारमा भित्र्याउने फोन भनिन्छ । सामसङको फ्ल्यागसिप डिभाइस सबैभन्दा बेस्ट भन्ने सन्देश पुगेको छ । यसले उपभोक्तामा प्रतीक्षा थियो । लञ्च भएपछि राम्रो प्रतिक्रिया पायौँ ।

एस २१ भनेपछि कम्पनीको फ्ल्यागसिप डिभाइस हो । सामसङ आफैँ विश्वव्यापी रूपमै प्रविधिको रिसर्च र विकासका लागि सबैभन्दा बढी लगानी गर्ने कम्पनी हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मोबाइल उद्योग भनेकै इन्नोभेसनको आधार हो । प्राथमिकता पनि ग्राहकले जे खोज्छन्, त्यही हुने गरेको छ, मोबाइल उद्योगको । एस २१ ले उपभोक्ताको सोचअनुसार इन्नोभेसन आत्मसात गरेकैले एस २१ एकदमै रुचाइएको छ । एस २० भन्दा २१ एक वर्षपछि लञ्च भएको हो । प्रविधिक रूपमा एस २१ निकै परिस्कृत बनेर आएको छ ।

एस २१ को तीन पक्ष विशेष छन् । पहिलो हो, स्क्रिन । एस २१ वा तीनवटा स्क्रिन साइजमा लञ्च गरेका छौँ । उपभोक्ताले आफ्नो आवश्यकता, चाहना र क्षमताअनुसार एस २१, एस २१ प्लस र एस २१ अल्ट्रा किन्न सक्नुहुन्छ ।

Global Ime bank

तीनैवटा डिभाइसमा इन्फिनिटी डिस्प्ले दिइएको छ । जसले गर्दा एज–टु–एज स्क्रिन पाउन सकिन्छ । हामीले डाइनामिक २ एक्स एमोलेड डिस्प्ले दिएका छौँ । यसले फोनको पिक्चर क्वालिटी मोबाइल उद्योगकै सर्वोत्कृट बनाउँछ ।

सामसङ आफैँमा मोबाइल स्क्रिन उत्पादनमा ग्लोबल लिडर हो । हामीले लेटेस्ट डिभाइसमा त्यो उत्कृष्ट डिस्प्ले प्रयोग गर्नैप¥यो । यो स्क्रिन सबैभन्दा चम्किलो हो । १५०० निटको ब्राइनेस यो स्क्रिनमा छ ।

स्क्रिनको रिफ्रेस रेट अर्थात् फ्रिक्वेन्सी १२० हर्ज छ । टच स्याम्पलिङ रेट २४० हर्जको छ । यसले गर्दा फोनमा जुनसुकै गतिविधि गर्दा ल्याग हुँदैन । टच गर्नेबित्तिकै रेस्पोन्स गरिहाल्छ ।

दोस्रो हो, क्यामेरा । सामसङको क्यामेरा सबैभन्दा उत्कृष्ट हो भन्नै पर्दैन । हामीले एस २१ अल्ट्रामा १०८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यो क्यामेरामार्फत १०० गुणासम्म जुम गर्न सक्छौँ । अँध्यारो अवस्थामा पनि उज्यालो फोटो यसले खिच्न सक्छ । फोनले खिचेका फोटो लो नोइज अर्थात् डिस्टोर्सन नभएका हुन्छन् ।

तेस्रो पक्ष हो, प्रोसेसर अर्थात् मोबाइलको मुटु । एस २१ मा एक्जोनस २१०० भन्ने ५ एनएमको प्रोसेसर दिइएको छ । यो प्रोसेसर यसअघिका तुलनामा बढी इफिसियन्ट र शक्तिशाली हो । यसले गर्दा सामसङका उपभोक्तको नयाँ प्रविधि अंगीकार गर्न चाहने बानीलाई सजिलो बनाएको छ । एस सिरिज मन पराउने मोबाइलप्रेमी त झनै उत्साहित भएका छन् । यही कारणले फोनको माग अपेक्षा गरेभन्दा राम्रो माग पाएका छौँ ।

यी पक्षलाई अलि विस्तारमा हेरौँ ।
फोनमा विभिन्न ग्राउन्ड ब्रेकिङ फिचर छन् । ग्यालेक्सी एस २१ तथा एस २१ प्लसमा प्रो–ग्रेड क्यामरा तथा नयाँ एस २१ अल्ट्रामा उपल्लो तहका विशेषता छन् । फोनमा एस सिरिजअन्तर्गत पहिलोपटक एस पेन पनि दिइएको छ ।

आकर्षक डिजाइन एवं स्टाइल
ग्यालेक्सी एस २१ सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोनभन्दा पृथक बन्न पुगेको छ । एस २१ सिरिजका सबै तीन स्मार्टफोन आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ एस्थेटिक्सको साथ उपलब्ध छ ।

ग्यालेक्सी एस २१ अल्ट्रामा विशेष रूपमा कम्प्याक्ट ६.८ इन्च डिस्प्लेको प्रदान गरिएको छ । यसले इन्टलिजेन्ट, एज टु एज डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी ओ डिस्प्ले, सहज स्क्रोलिङ तथा उत्कृष्ट दृश्यावलोकनको लागि एडाप्टिभ १२० हर्ज रिफ्रेस रेट तथा क्वाड एचडीप्लस डिस्प्ले रहेको छ । तीनै फोनमा आँखालाई थकान अनुभव नहुने विशेष आइ कम्फर्ट सिल्ड पनि छ ।

यी फोनमा लुक्स एवं जीवन्त अनुभवका लागि उत्कृष्ट फिनिसिङ गरिएको छ । आकर्षक, आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, फेन्टम भ्वोइलेट रङ समायोजन गरिएको छ । एस २१ अल्ट्राले पनि परिष्कृत एवं टाइमलेस लुक्सलाई समेटेको छ । यसका फेन्टम ब्ल्याक र फेन्टम सिल्भर गरी दुई रङहरु मा उपलब्ध छन् ।

उत्कृष्ट एवं जीवन्त क्यामरा एवं भिडियो अनुभव
सबै नयाँ ग्यालेक्सी एस २१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ ।  जसले प्रत्येक सटहरु विशेष सटका रूपमा लिन मद्दत गर्दछ ।

ग्यालेक्सी एस २१ र ग्यालेक्सी एस २१ प्लस एआईद्वारा सञ्चालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ, जसले रचनात्मक नियन्त्रण प्रदान गर्दछ । एआई सञ्चालित क्यामेराले विषयवस्तुलाई सहज रूपमा आँकलन गर्दछ र दृश्यअनुसार आफूलाई समायोजन गर्दछ र प्रयोगकर्ताहरूलाई जस्तोसुकै अवस्थामा पनि सही सट लिने स्वतन्त्रता प्रदान गर्न मद्दत गर्दछ । यो सुधारिएको स्पेस जुम फिचरको साथ पनि उपलब्ध छ, जुन हल्लिएको हातहरूको असरलाई न्यून गर्दछ र ३० एक्सको जुमको साथ स्पष्ट फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।

एस २१ अल्ट्रा सबभन्दा उन्नत प्रोग्रेड क्यामेरा सिस्टमका साथ उपलब्ध छ, यसले  जस्तोसुकै  प्रकाशको अवस्थामा पनि स्टुडियोको जस्तै गुणस्तरीय तस्बिरहरू क्याप्चर गर्न सकिन्छ । यसमा क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध रहेको छ । जुन अपग्रेड गरिएको १०८ एमपी प्रोसेसरको साथ आउँदछ, जसले ६४ गुणा स्पष्ट कलरहरुको साथ १२ विट एचडीआर फोटो तथा तीन गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्दछ । एस २१ अल्ट्रा १०० एक्स स्पेस जुुमको साथ पनि आउँदछ, जुन सामसङको पहिलो ड्युअल–टेलि लेन्स सिस्टमद्वारा सञ्चालित हो । यसमा भएको इन्प्रुभ्ड ब्राइट नाइट सेन्सरले प्रयोगकर्तालाई कम लाइटको अवस्थामा पनि उत्कृष्ट एवं उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ ।

यस सिरिजमा सामसङको आफ्नै अत्याधुनिक प्रोसेसर इन्जनस २१०० को प्रयोग गरिएको छ । नयाँ ग्यालेक्सी एस २१ सिरिज स्मार्टफोनले प्रयोगकर्तालाई नेक्स्ट जेनेरेसन कार्यक्षमता प्रदान गर्दछ । जसले प्रयोगकर्ताहरूलाई सम्पूर्ण ग्यालेक्सी इकोसिस्टममा पहुँच प्रदान गर्दछ । यस फोनमा अत्याधुनिक चिपसेट तथा  स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभजी कनेक्सन तथा अन डिभाइस एआईलाई सपोर्ट गर्दछ । त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड तथा गेमिङ म्याराथोन तथा इडिट भिडियोजस्ता काम सजिलै गर्न सकिन्छ ।

उत्कृष्ट कार्यक्षमता एवं प्रोडक्सन
नयाँ एस २१ सिरिजले वास्तवमै नयाँ कार्यक्षमताका साथ सहजै कनेक्ट गर्न सक्दछ । यस फोनमा हाल सम्मकै अत्याधुनिक चिपसेटको प्रयोग गरिएको छ, जसले गर्दा स्पीड र इफिसियन्सीको उत्कृष्ट तालमेल भएको छ । यस फोनमा भएको यस्ता सुविधाले फोटोलाई प्रोसेस गर्न, भिडियो खिच्न तथा इडिट गर्न तथा गेमिङ म्याराथोनको मज्जा लिन सकिन्छ ।

त्यसैगरी, एस २१ अल्ट्रा फोनमा उच्चस्तरीय ५ एनएम नानो चिपसेटको समायोजन गरिएको छ । यसले गर्दा उत्कृष्ट कम्प्युटिङ क्षमता, उच्चस्तरीय इनर्जी इफिसियन्सी तथा उच्चस्तरीय स्पिड प्राप्त गर्न सकिन्छ । एस २१ फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

सामसङको नक्स भल्टद्वारा अझै सुरक्षित गरिएको छ । यसमा आफ्नै सेक्युरिटी प्ल्याटफर्म, टेम्पर रेजिस्टेन्ट सेक्युएर मेमोरी, सामसङ नक्स भल्टले एस २१ लाई  अतिरिक्त सुरक्षा प्रदान गरेको छ ।

एस २१ सिरिजमा प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक सुरक्षाको लागि नयाँ टुल्सहरुको प्रयोग गरिएको छ । एस २१ सिरिजमा, प्रयोगकर्ताले अब सुरक्षित तरिकाबाट फोटोको मेटा डाटा लोकेसनलाई हटाउन सक्छन् । साथै, एस २१ मा भएको प्राइभेट सेयर फंक्सनले प्रयोगकर्तालाई पठाएको कन्टेन्ट कति समयसम्म एक्सेस गर्न दिने हो, त्यो तय गर्न पनि सकिन्छ ।

नेपाली बजारको मोबाइल माग
डिजिटल युगमा मोबाइलको प्रयोग बढ्दो छ । कोभिडले गर्दा यो गतिलाई झनै बढाइदियो । १० वर्षमा हुने वृद्धि एकै वर्षमा भयो । उदाहरण, म आफैँ हुँ । मेरी छोरी घरै बसेर एउटा कक्षा उत्तीर्ण गर्लिन् भन्ने मैले सोचेको थिइनँ ।

उसको कक्षा ५ घरै बसेर पढिन् । उजस्तै धेरै नानीबाबु घरै बसेर पढे । यो परिस्थितिले हरेर बच्चाका लागि एउटा स्मार्टफोनको आवश्यकता जन्माइदियो । यो परिवर्तन नेपाली समाजमा यसअघि कहिल्यै आएको थिएन । यस्तो कल्पना पनि गरिएको थिएन । फोन वा ल्यापटप, इन्टरनेट जडान हरेक परिवारका लागि अनिवार्य नै भयो ।

अफिसका काम पनि घरै बसेर गरियो । म आफैँले पनि पाँच महिना अफिसको काम घरैबाट गरेँ । वर्क फ्रम होम भन्ने विदेशको कन्सेप्ट नेपालमा लागु भयो । नेपालमा त सोचेकै थिएनौँ । यसले फोनको माग ह्वात्तै बढाएको हो । डिजिटाइजेसनमा जानका लागि प्रमुख हार्डवेयर मोबाइल फोन नै बनेको छ ।

आम नेपालीको आवश्यकता, रोजाइ र सामसङका फोन
एस २१ अहिलेको बजारमा टेक्नोलोजिकल्ली सर्वोत्कृष्ट फोन हो । यसको आफ्नो छुट्टै उपभोक्ता छन् । एस सिरिजका कस्टुमर लोयल कस्टुमर हुनुहुन्छ । उहाँहरु एस सिरिजभन्दा अन्यमा जान रुचाउनु हुन्न । सामसङको २५०० रुपैयाँ पर्ने बार फोन पनि छ । उपभोक्ताको मागअनुसार फोन निर्माण गर्ने सामसङको फोनको रेन्जले हरेक रेन्जमा माग उत्तिनै रहेको देखिन्छ ।

एस २१ भन्दा परिस्कृत फोन पनि हामीले बजारमा ल्याएका छौँ । जेड फोल्ड २ नाम गरेको फोल्ड फोन थियो, त्यो । यसअर्थमा हामीले २५ सयदेखि साढे २ लाखसम्मको फोन बेच्ने गरेका छौँ । सबै फोनमा उत्ति नै माग छ । नेपाली उपभोक्ता प्रविधि एकदमै रुचाउँछन् । सामसङले जो उपभोक्तालाई जस्तो फोन चाहिन्छ, उसलाई सोहीअनुसारको फोन उपलब्ध गराउँछ ।

बार फोन सामसङको किन्न पायो । सस्तो स्मार्टफोन, मिडल रेन्जका फोनदेखि फ्ल्यागसिप र प्रिमियम फोन सामसङले उपलब्ध गराउने गरेको छ । हरेक सेग्मेन्टको आफ्नै कस्टुमर छन् । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा आयको स्तर हेर्दा इन्ट्रि लेभलकै फोनको माग बढी छ ।

डिमान्ड हरेक सेग्मेन्टको बढेको छ । तर, कस्टुमर पनि अपग्रेड हुनुभएको छ । हिजो सानो वा बेसिक डिभाइस खोज्ने आज त्योभन्दा केही परिस्कृत फोन खोज्न थाल्नुभएको छ । धेरै काम मोबाइलबाट गर्न सक्ने अवस्था सिर्जना हुनुले ।

एस २१ मा सुरक्षा र खरिदको सुविधा
ठूलो फोन भन्दैमा जोखिम बढी हुन्छ । यहीकारण कम्पनीले सबैभन्दा कडा तथा नफुट्ने गोरिल्ला ग्लास हेक्टस प्रयोग गरेको छ । यो सिरिजमा आईपी ६८ ले गर्दा वाटर रेजिस्टेन्ट बनाउँछ । डेढ मिटर गहिराइमा फोन ३० मिनेटसम्म बस्दा यसमा पानी पस्दैन ।

यस्तै, फोनमा एक वर्षको ब्रेकेज इन्स्योरेन्स दिइएको छ । फोन केही भइहाले सामान्य प्रक्रियागत शुल्क तिरेर फोन मर्मत गर्न सकिन्छ । ग्राहकलाई खरिद सुविधा दिन देशका वाणिज्य बैंकमार्फत एस २१ फोन किन्नका लागि शून्य ब्याजदरमा कर्जा लिन सकिन्छ ।

कोभिड परिवेशपछि धेरै उपभोक्ता राम्रो फोन किन्न थालेको पाएपछि यस्तो सुविधा विस्तार गरेका हौँ । एस २१ किन्ने इच्छा भएर पैसा नहुनेका लागि यो सुविधा दिइएको हो । सुविधाअन्तर्गत कम्तीमा ९ हजार २ सय रुपैयाँको १२ किस्ता ग्राहकले तिर्नुपर्ने हुन्छ ।

यस्तै, ग्राहकहरूले अब आफ्नो पुरानो फोनलाई एस २१ सँग साट्दा फोनको मूल्यांकनसहित थप तीन हजार रुपैयाँ अतिरिक्त लाभ लिन पाउनेछन् । एक वर्षको लागि वन टाइम ब्रेकेजअन्तर्गत एकपटक ब्रेकेज बिमा एनएलजी इन्स्योरेन्स कम्पनीमार्फत प्राप्त गर्न सकिन्छ ।

ग्यालेक्सी २१ अल्ट्रा (१२ जीबी + २५६ जीबी) को मूल्य १ लाख ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै एस २१ प्लस (८ जीबी + २५६ जीबी) को मूल्य १ लाख २९ हजार ९९९ र एस २१ (८ जीबी + २५६ जीबी)को मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा ग्रे फोनबारे
लकडाउनपछि मोबाइल बजार विस्तार भएको छ । जसको कारण आवश्यकता बढ्नु नै हो । सँगसँगै मोबाइल बजारमा ग्रे बजार कम भएको छ । त्यसको कारण अन्तर्राष्ट्रिय सीमानाका बन्द हुनु हो । बोर्डर खुलेसँगै त्यो बढ्न सक्छ ।

यसबीचमा वैधानिक आयात पनि बढेको हो । किनकि, पहिलाजस्तो चोरी–पैठारी कम छ । ग्रे बजार नियन्त्रण गर्न राज्यपक्षबाटै पहल भइरहेकै छ । त्यसलाई चाँडै नै कार्यान्वयनमा ल्याउन जरुरी छ । ग्रे बजारमा उपभोक्ता, व्यवसायी र राज्यपक्ष, सबैलाई घाटा छ । सरकारका लागि राजस्व, व्यवसायीलाई बिजनेस र उपभोक्तालाई गुणस्तरमा कमी हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC